समकालीन नेपाली कविताको संस्कृतिपरक अन्तर्विषयकता {Cultural Intersubjectivity of Contemporary Nepali Poetry}

Authors

  • ज्ञानु Gyanu अधिकारी Adhikari TU Padma Kanya Multiple Campus त्रि.वि. पद्यकन्या बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/pdmdj.v5i1.52539

Keywords:

साहित्येतर, साइबर संस्कृति, भूमण्डलीकरण, अन्तर्मिश्रण, उपभोक्तावाद

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख समकालीन नेपाली कविताको संस्कृतिपरक अन्तविर्षयकताको अध्ययनमा केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा समकालीन नेपाली कविताका रूपमा पछिल्लो समय प्रकाशित कवितासङ्ग्रहमा सङ्गृहीत प्रतिनिधिमूलक कवितालाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै समकालीन नेपाली कवितामा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन्१९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको विकास भएको हो । साहित्यमा अन्तर्विषयकताको प्रयोग हुन थालेपछि यसप्रकारको साहित्यको अध्ययन–विश्लेषण गर्नका लागि अन्तर्विषयक समालोचनाको आरम्भ भएको हो । समकालीन नेपाली कवितामा संस्कृतिपरक अन्तर्विषयकताको प्रयोग केकसरी भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले तयार पारिएको यस अनुसन्धानलेखमा संस्कृतिपरक अन्तर्विषयकताका अवधारणाको उपयोग गरिएको छ । समकालीन नेपाली कवितामा संस्कृतिपरक अन्तर्विषयकताका विभिन्न पक्षहरुको प्रयोग भए पनि यस अनुसन्धानात्मक आलेखमा परम्परागत संस्कृति, निर्मित संस्कृति र जातीय संस्कृति गरी संस्कृतिका तीनवटा पक्षलाई मात्र विश्लेषणको आधार बनाइएको छ । समकालीन नेपाली कवितामा संस्कृतिपरक अन्तर्विषयकता प्रभावकारी रूपमा आएको र यसले कवितालाई बहुआयामिक, बौद्धिक, गहन र स्तरीय बनाएको निष्कर्ष यस अनुसन्धानात्मक लेखमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
30

Author Biography

ज्ञानु Gyanu अधिकारी Adhikari, TU Padma Kanya Multiple Campus त्रि.वि. पद्यकन्या बहुमुखी क्याम्पस



Downloads

Published

2023-02-15

How to Cite

अधिकारी Adhikari ज. G. (2023). समकालीन नेपाली कविताको संस्कृतिपरक अन्तर्विषयकता {Cultural Intersubjectivity of Contemporary Nepali Poetry}. Pragya Darshan प्रज्ञा दर्शन, 5(1), 35–38. https://doi.org/10.3126/pdmdj.v5i1.52539

Issue

Section

Articles