कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
DOI:
https://doi.org/10.3126/pg.v7i1.79565Keywords:
आर्थिक पछौटेपन, घरायसी मजदुर, बालश्रमिक, श्रमशोषणAbstract
प्रस्तुत अध्ययन ‘कम्लरी’ कवितामा यथार्थवादी अभिव्यञ्जनामा केन्द्रित रहेको छ । ‘कम्लरी’ कवि शीला योगीद्वारा रचित यथार्थवादी कविता हो । यस कवितामा पश्चिममा बसोबास गर्ने आदिवासी थारू समुदायमा कम्लरी प्रथा विद्यमान रहेको तथ्यको उद्घाटनसँगै सामाजिक यथार्थको कुरूप पक्षको उद्घाटन गरिएको छ । त्यस समुदायमा मनाइने नयाँ वर्ष माघीको अवसरमा छोरीचेलीलाई कम्लरीको रूपमा मालिकलाई बिक्री गरिने सामाजिक यथार्थको अभिव्यक्ति छ । यस कवितासम्बन्धी पूर्वाध्ययनबाट प्रस्तुत दृष्टिकोणबाट अनुसन्धान नभएको रिक्तता पत्ता लगाई यो अध्ययन गरिएको हो । यसको विश्लेषणको लागि पाठ विश्लेषण विधिको उपयोग गरिएको छ । यथार्थवादी दृष्टिकोणबाट अध्ययन गर्नु प्रस्तुत अनुसन्धानको सीमा हो । यथार्थवादमा लौकिक विषयवस्तुको प्रस्तुति र ग्रहण एवम् त्यसप्रतिको क्रिया प्रतिक्रिया नै मुख्य आधारको रूपमा रहेको हुन्छ । यस अनुसन्धानमा सामाजिक यथार्थको प्रयोग गरी विश्लेषण गरिएको छ । विवेच्य कवितामा माघीको अवसरमा मालिकको हातमा बेचिएकी चेलीले मालिकको घरमा भोग्नु परेका उत्पीडन, खप्की, शोषणको अभिव्यञ्जना छ । यसका साथै मालिकले कम्लरीको कौमार्यमाथि राखेको कुदृष्टि, यौनशोषणको कथाव्यथाका साथै कम्लरीले आफ्नो अस्तित्व रक्षार्थ गरेकी सङ्घर्षको सटीक प्रस्तुति छ ।