नदी किनाराका माझी कवितामा सीमान्तीकरण प्रक्रिया
DOI:
https://doi.org/10.3126/pg.v7i1.79571Keywords:
अन्धविश्वास, अशिक्षा, माझी जाति, मुखिया, सीमान्तAbstract
नदी किनाराका भाझी' मोहन कोइरालाको लामो कविता हो । यो नदी किनाराका माझी लामा कवितासङ्ग्रहको पहिलो क्रममा रहेको कविता हो । यसमा नदीको किनारामा बसोवास गर्ने माझी समुदायको जीवनपद्धतिलाई प्रस्तुत गरिएको छ । यस अध्ययनमा 'नदी किनाराका माझी’ कवितामा रहेका सीमान्तीय वर्गको सीमान्तीकरण प्रक्रियाको निरूपण गरिएको छ । यस अध्ययनलाई पूरा गर्नका लागि प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन गरिएको छ । यो अध्ययन गुणात्मक पद्धतिमा आधारित छ । यसमा सङ्कलित सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । प्रस्तुत अध्ययनको सैद्धान्तिक ढाँचा सीमान्तीय अध्ययन पद्धतिमा आधारित छ । यसमा सीमान्तीकरण प्रक्रियाको अध्ययन गर्नका लागि भाग्यमा विश्वास, परम्परा तथा ऐतिहासिक पृष्ठभूमि, अशिक्षा र अन्धविश्वास, मुखिया पद्धतिलाई विश्लेषणका आधार बनाइएको छ । यसरी विश्लेषण गर्दा यस कृतिमा रहेको सीमान्तीय समुदायको माझी भाग्यवादी, परम्परामा विश्वास गर्ने, अशिक्षित, अन्धविश्वासमा विश्वास गर्ने र मुखिया पद्धतिमा विश्वास गर्ने भएकाले सीमान्तीय बन्न गएको देखिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।