माध्यमिक तहको नेपाली विषय शिक्षण सिकाइ प्रक्रिया

Authors

  • Krishna Raj Dhakal महेन्द्ररत्न क्याम्पस, ताहाचल, त्रिभुवन विश्वविद्यालय
  • Dawa Sherpa महेन्द्ररत्न क्याम्पस, ताहाचल, त्रिभुवन विश्वविद्यालय
  • Sirjana Ghimire मंगल बहुमुखी क्याम्पस

Keywords:

शिक्षण सिकाइ, प्रभावकारिता, भाषाबोध, भाषिकसिप, माध्यमिक तह

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख माध्यमिक तहको नेपाली विषय शिक्षण सिकाइ प्रक्रियामा केन्द्रित छ । क्षेत्रीय विधिका माध्यमबाट शिक्षण सिकाइ प्रक्रियाका बारेमा सरोकारवाला विद्यार्थी र शिक्षकहरूलाई सुविधाजनक नमुना छनोट विधिबाट छनोट गरी अन्तरवार्ता तथा प्रश्नावलीमार्फततथ्य सङ्कलन गरिएको छ । प्राप्त सूचनाहरूलाई उपयुक्त शीर्षकमा वर्गीकरण गरी थिमेटिक विश्लेषण गरिएको छ । नेपाली भाषाशिक्षण सिकाइ प्रक्रिया प्रभावकारिता नहुनका कारणहरू विषयवस्तु प्रभावकारी ढङ्गमा प्रस्तुत नगर्नु, शैक्षिक सामग्री प्रयोगको अभावका कारण सिकाइप्रति विकर्षित भई विषयवस्तु अप्ठ्यारो हुनु, विद्यार्थीमा आत्मबल कमजोर हुनु, कक्षामा अनुपस्थित विद्यार्थीको सिकाइ उत्कृष्ट नहुनु, उपयुक्त शिक्षणविधि र शिक्षक तालिम नहुँदा सिकाइ प्रभावकारी नभई निष्प्रभावी हुन गई शिक्षणका उद्देश्यहरू पूरा नभएको निष्कर्षमा पुगिएको छ । शिक्षकले भाषिक खेल, अन्तक्र्रिया, छलफल, शिक्षणमा आधुनिक प्रविधि तथा उचित शैक्षिक सामग्रीको उपयोग, सबै विद्यार्थीहरूलाई समान सहभागिताको अवसर, प्रश्नोत्तर तथा आवश्यक पृष्ठपोषण प्रदान गरी विद्यार्थी केन्द्रित शिक्षणविधिको माध्यमद्वारा विद्यार्थीको सक्रियता बढाएर मात्र उनीहरूमा अन्तरनिहित क्षमताको प्रस्फुटन गरी ज्ञान, सिप र दक्षता वृद्धि भई शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बन्ने छ ।

Abstract
225
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

Dhakal, K. R., Sherpa, D., & Ghimire, S. (2024). माध्यमिक तहको नेपाली विषय शिक्षण सिकाइ प्रक्रिया . Perspectives on Higher Education, 14(1), 203-214. https://doi.org/10.3126/phe.v14i1.76635

Issue

Section

Nepali Section

How to Cite

Dhakal, K. R., Sherpa, D., & Ghimire, S. (2024). माध्यमिक तहको नेपाली विषय शिक्षण सिकाइ प्रक्रिया . Perspectives on Higher Education, 14(1), 203-214. https://doi.org/10.3126/phe.v14i1.76635