नेपाली व्याकरण शिक्षणविधि, चुनौती र सुधारका उपाय
DOI:
https://doi.org/10.3126/phe.v15i01.81012Abstract
यस अध्ययनमा नेपाली भाषाशिक्षकहरूले व्याकरण शिक्षणका क्रममा अपनाउने विधि तथा प्रक्रियाहरूको विश्लेषण गरिएको छ । अध्ययनका लागि प्रश्नावली, कक्षा अवलोकन र अन्तवार्ताका माध्यमबाट सङ्कलित सूचनाको आधारमा निष्कर्ष निकालिएको छ । व्याकरण भाषाको अनुशासन भएकोले यसको शिक्षणले विद्यार्थीहरूलाई भाषा शुद्ध, प्रभावकारी र व्यवस्थित बनाउन मदत पु¥याउँछ । शिक्षकहरूले व्याकरण शिक्षणमा मुख्य रूपमा आगमनात्मक, निगमनात्मक र मिश्रित विधिहरू प्रयोग गर्ने गरेका छन् । जटिल अवधारणाहरू सिकाउन निगमनात्मक विधि उपयोगी मानिन्छ भने व्याकरणलाई भाषासँग गाँसेर सिकाउन आगमनात्मक विधि प्रभावकारी देखिएको छ । अध्ययनले आगमनात्मक विधिको प्रयोग बढ्दै जानु सकारात्मक सङ्केत भएको देखाएको छ । यद्यपि विद्यार्थीहरूलाई सक्रिय बनाउने अभ्यास र सम्प्रेषणात्मक क्रियाकलापको कमी देखिएको छ । शिक्षणका क्रममा शिक्षकहरू पाठ्यपुस्तकका अभ्यास, सेतो÷कालो पाटी, उदाहरणहरू र छलफलको प्रयोग गर्छन् तर प्रविधिजन्य सामग्रीको प्रयोग न्यून छ । सम्प्रेषणात्मक विधिहरू जस्तै अन्तत्र्रिmया, भूमिका निर्वाह र घटनाको अवलोकन, अपर्याप्त देखिन्छन् । शिक्षणलाई प्रभावकारी बनाउन प्रविधि, प्रयोगात्मक अभ्यास र विद्यार्थीकेन्द्रित शिक्षणविधिको अभिवृद्धि आवश्यक देखिन्छ । यस अध्ययनबाट व्याकरण शिक्षणलाई बढी रुचिकर, व्यावहारिक र प्रभावकारी बनाउन कार्यमूलक तथा प्रविधिमैत्री विधिहरूको अधिक प्रयोग आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।