‘भिनाजुको स्वेटर’ कथाका पात्रको मनोविश्लेषणात्मक अध्ययन

Authors

  • Kusmila Acharya नेपाली शिक्षा, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/phe.v15i01.81013

Keywords:

जीवनवृत्ति, पितृरति, मनोग्रन्थि, मातृरति, मानसिक द्वन्द्व ।

Abstract

प्रस्तुत लेख ‘भिनाजुको स्वेटर’ कथाका पात्रको मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित रहेको छ । यसमा शान्ति, सविता र सविताको भिनाजु पात्रको मोविश्लेषणको चिरफार गरिएको छ । यो लेखमा गुणात्मक विधिको उपयोग गरिएको छ । मनोविश्लेषणलाई मुख्य सैद्धान्तिक आधारका रुपमा लिएर प्रस्तुत लेखलाई सम्पन्न गरिएको छ । दिदी–बहिनीमा हुने सहजात विकर्षण अर्थात् ओडिपस र इलेक्ट्रा ग्रन्थिलाई पनि यहाँ सामान्य रूपमा देखाइएको छ । सविताले भिनाजुलाई स्विटर बुन्नु र भिनाजुप्रति स्वाभाविक आकर्षण पनि मनोग्रन्थिकै अभिव्यक्ति हो । यस कथामा मुख्यतः शान्तिको मनोअवस्थालाई देखाउनु नै प्रमुख लक्ष्य रहेको छ । आफ्नो एकलौटी लोग्नेसँग आफ्नै बहिनीको सामान्य सान्निध्यले पनि यत्रो प्रभाव पार्दछ र मनोजगत्मा हलचल मचाउँछ भन्ने कुरा यहाँ देखाइएको छ । चेतनमनले नियन्त्रण गर्न खोज्दा र गरेका व्यवहारले शान्तिको अचेतनको हलचललाई व्यक्त गर्दछ । अनायासै रूपमा शान्ति सविताप्रति असहिष्णु देखिन्छे र सविताको शान्त, सौम्य र सुन्दर मनोरचनाको प्रतिबिम्बन स्वरूप स्विटरलाई च्यातेर आफ्नो अचेतनलाई प्रकट गर्दछे साथै सविताको मनलाई बिथोलिदिन्छे भन्ने निष्कर्ष निकालिएको छ । पात्रहरूको मनोदशालाई मनोविश्लेषणको पद्धतिबाट विश्लेषण गर्ने अनुसन्धानकर्तालाई यस लेखले सहयोग पुग्ने कुरामा विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
48
PDF
8

Downloads

Published

2025-01-01

How to Cite

Acharya, K. (2025). ‘भिनाजुको स्वेटर’ कथाका पात्रको मनोविश्लेषणात्मक अध्ययन . Perspectives on Higher Education, 15(01), 207–214. https://doi.org/10.3126/phe.v15i01.81013

Issue

Section

Nepali Section