उत्तरवर्ती नेपाली कथामा पर्यावरणीय नारीवाद

Authors

  • Geeta Thapaliya Tripathi त्रिवि, रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ, नेपाल । https://orcid.org/0000-0003-1471-9932

DOI:

https://doi.org/10.3126/phe.v15i01.81015

Abstract

प्रस्तुत अध्ययन उत्तरवर्ती कथामा प्रयुक्त नारीवादी पर्यावरणको खोजी र विश्लेषणमा केन्द्रित छ । उत्तरवर्ती कथाका बहुल विषय छन् । तीमध्ये प्रकृति पर्यावरणमा आएका सङ्कटपूर्ण अवस्था र नारीमाथि हुने गरेका दोहनका विषयमा केन्द्रित रहेर एकथरी कथाहरू लेखिएका पाइन्छन् । यस अध्ययनमा पर्यावरणीय सङ्कटका सापेक्षतामा नारीका समस्याहरूको तुलना र व्याख्या गर्दै प्रकृति र नारीका समस्यालाई केन्द्रमा राखेर सिर्जना गरिएका कथाकृतिको विश्लेषण गरिन्छ । यसले प्रकृतिको अतिक्रमणसँग नारीमाथि हुने गरेका शारीरिक र मानसिक हिंसा र विभेदका उत्पीडनलाई सँगै राखेर हेरिन्छ । ‘पर्यावरणीय नारीवाद’ उत्तरवर्ती समालोचनाकै एक महत्वपूर्ण प्रकारका रूपमा २० औँ शताब्दीको अन्त्यतिर आरम्भ गरिएको पर्यावरण अध्ययनभित्रकै एउटा पद्धति हो । नेपालमा भने यसमा आधारित भएर कृति विश्लेषण गर्ने पद्धति भर्खर मात्र आरम्भ भएको छ । पाठपरक विश्लेषणमा आधारित प्रस्तुत अध्ययनका निम्ति मूल पाठ उत्तरवर्ती पर्यावरणीय कथाहरू हुन् भने यी पाठमा आधारित नारीवादी चिन्तनका कोणबाट प्रस्तुत गरिएका पर्यावरणीय पक्षको विश्लेषण यस अध्ययनको मुख्य क्षेत्र हो । उत्तरवर्ती कथाले जीवनका सापेक्ष भोगाइलाई समकालीन मूल्यका आधारमा प्रकट गरेका हुन्छन् । जीवनका समकालीन मूल्य प्रकृति र नारीप्रतिका उपभोक्तामुखी सत्ताले दिएको प्रताडनाका कारण उजाडिने क्रममा भएको र केही कथामा प्रतिरोधी चिन्तनको आरम्भ भएको निष्कर्ष यस विश्लेषणबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
46
PDF
7

Downloads

Published

2025-01-01

How to Cite

Thapaliya Tripathi, G. (2025). उत्तरवर्ती नेपाली कथामा पर्यावरणीय नारीवाद. Perspectives on Higher Education, 15(01), 227–236. https://doi.org/10.3126/phe.v15i01.81015

Issue

Section

Nepali Section