जुठी कवितामा दलितचेतना
DOI:
https://doi.org/10.3126/phe.v15i01.81018Keywords:
उत्पीडान, दलित समस्या, वर्णवादी, वर्णव्यवस्था, सांस्कृतिक उत्पीडन ।Abstract
प्रस्तुत लेखमा पञ्चकुमारी परियारको कवितासङ्ग्रहमा सङ्गृहीत जुठीकवितामा अभिव्यक्त दलितचेतनाको विश्लेषण गरिएको छ । यस कवितामा नेपाली वर्णव्यवस्थामा आधारित अर्थसंरचनाले दलितहरूमाथि गरेको शोषण, दमन र उत्पीडनको सन्दर्भलाई प्रस्तुत गर्दै त्यसका विरुद्ध दलित पात्र जुठीमा जागृत अधिकारको चेतना प्रस्तुत भएको छ । यस क्रममा कवितामा अभिव्यक्त दलितचेतनाको अध्ययनका लागि दलित सौन्दर्यचिन्तनले प्रस्तुत गरेका दलित समस्या, यसको कारण र मुक्तिसम्बन्धी चिन्तनलाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । यसको सामग्री विश्लेषण गुणात्मक पद्धतिमा आधारित छ र त्यसका लागि र पाठविश्लेषण विधिको प्रयोग गरिएको छ । यसका लागि प्राथमिक र द्वितीयक सामग्रीको प्रयोग गरिएको छ । यसक्रममा पूर्वकार्यको अध्ययनद्वारा सैद्धान्तिक ढाँचाको निर्माण गरिएको छ । यसका लागि सामाजिक–आर्थिक सन्दर्भमा कवितामा प्रस्तुत दलितसौन्दर्यसम्बन्धी तथ्यहरूको पहिचान एवं विश्लेषण गरिएको छ । यस कवितामा सोपानक्रमिक जातव्यवस्था र त्यसमार्फत गरिएको शोषण, दमन र उत्पीडनका अवस्थालाई देखाउँदै यसबाट मुक्तिको आकाङ्क्षा व्यक्त भएको छ । कवितामा पश्चिम नेपालको डुँढेझारीमा दलितहरूमाथि भएको शोषण, दमन र उत्पीडनको सन्दर्भ प्रस्तुत गरिएको छ । यहाँ निम्नवर्गीय, निम्नजातीय जनतामाथिको दमन र उत्पीडन राज्यव्यवस्थाबाट व्यवस्थित गरिएको छ भन्ने सन्दर्भ प्रस्तुत गरिएको छ । यहाँ दमाइ जातकी पात्र जुठीकी छोरीलाई बलात्कारपछि हत्या गरिएको, आप्mनो मानवीय अधिकारका लागि आवाज उठाएको उसको छोरालाई राज्यद्वारा हत्या गरिएको सन्दर्भमार्फत दलितहरूमाथि भएका शोषण, दमन र उत्पीडनलाई देखाउनाका साथै उत्पीडितहरूमा जागृत विद्रोहको चेतना पनि प्रस्तुत भएको छ । कवितामा वर्णसंरचनामा आधारित जातीय व्यवस्थामार्फत निम्नवर्गीय दलितहरूमाथि भएको उत्पीडनलाई मूलतः आर्थिक आधारमा गरिएको शोषणको परिणतिका रूपमा चित्रण गरिएको र जातीय उत्पीडनको अन्त्यका लागि वर्गमुक्तिको अनिवार्यतालाई देखाइएकाले यो कविता दलितचेतनाका दृष्टिले सशक्त छ भन्ने निष्कर्ष निकालिएको छ ।