सङ्कथन विश्लेषणको शैक्षणिक उपयोगिता
DOI:
https://doi.org/10.3126/phe.v15i01.81019Keywords:
अधोगमन, उध्र्वगमन, वाक्यात्मक संरचना, सङ्कथन, सम्प्रेषणीयताAbstract
प्रस्तुत लेख सङ्कथन विश्लेषण र भाषाशिक्षणमा आधारित छ । यस लेखका प्रमुख उद्देश्य सङ्कथन विश्लेषण र भाषाशिक्षणको सम्बन्ध अध्ययन गर्नु, सङ्कथन विश्लेषणको भाषाशैक्षणिक उपादेयता पत्ता लगाउनुलगायत रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान ढाँचामा आधारित छ । यसमा ऐतिहासिक अध्ययन पद्धतिको अनुप्रयोग गरिएको छ । प्रस्तुत अध्ययनमा आवश्यक सैद्धान्तिक सामग्रीहरूको सङ्कलन पुस्तकालयीय कार्यका माध्यमबाट गरिएको छ । यसमा द्वितीयक स्रोतका सामग्रीहरूको प्रयोग गरिएको छ । यस क्रममा मुख्यतः अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरू र अंशतः नेपाली सैद्धान्तिक सामग्रीहरूको उपयोग गरिएको छ । प्रस्तुत अध्ययनका आधारमा भाषाशिक्षण धेरै पहिलेदेखि परम्परित रूपमा चल्दै आएको, अद्यापि यसको तौरतरिकामा उल्लेख्य सुधार आउन नसकेको, भाषाशिक्षणमा सम्प्रेषणात्मक पक्षलाई जोड दिनुपर्ने आवश्यकता टड्कारो बन्दै गएको, सङ्कथन विश्लेषण र भाषाशिक्षणका बिच निकटतम सम्बन्ध रहेको, भाषाशिक्षणको मुख्य ध्येय सङ्कथन उत्पादन गर्न सक्ने बनाउनु रहेको, सङ्कथन विश्लेषण सम्प्रेषणात्मक सक्षमता विकास, अन्तक्र्रियात्मक सक्षमता विकास, व्याकरण र शब्दभण्डार शिक्षण, दोस्रो भाषाशिक्षण, शैक्षिक सामग्री सङ्गठन र शिक्षण प्रक्रिया व्यवस्थापन, शक्षणीय पाठको व्याख्या, प्रकार्यात्मक पाठ्यक्रम निर्माणलगायतमा उपयोगी रहेकोलगायतका निष्कर्ष निकालिएको छ । यसबाट साङ्कथनिक क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि आवश्यकीय मदत पुग्ने अपेक्षा गरिएको छ ।