टुम्का लोकगीतमा आलङ्कारिक सौन्दय

Authors

  • Dambar Bahadur Pun त्रि वि अनुगमन निर्देशनालय, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/phe.v15i02.81116

Keywords:

उपमा, अर्थान्तरन्यास, कारणमाला, अर्थापत्ति, परिकराङ्कु

Abstract

टुम्का लोकगीत सल्यान जिल्लामा प्रचलित महŒवपूर्ण लोकगीत हो । गन्धर्वजातिले सारङ्गीको धुनमा गाउने यहाँका टुम्का लोकगीतहरू अलङ्कार सौन्दर्यका हिसाबले सशक्त देखिन्छन् । यी टुम्का लोकगीतमा आलङ्कारिक सौन्दर्यको अध्ययन गर्न टुम्का लोकगीत सङ्कलनका लागि क्षेत्रीय अध्ययन कार्य र सामग्रीविश्लेषणका लागि पुस्तकालयीय कार्य तथा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । अलङ्कार युक्त लोकगीतको विश्लेषणका लागि अलङ्कार सिद्धान्त र नेपथ्य तथ्यको अध्ययनका लागि लोकगीत सिद्धान्तलाई मूल आधार मानिएको छ । यहाँका टुम्का लोकगीतमा पर्याप्त मात्रामा अलङ्कार कोप्रयोग भए तापनि पनि यस अध्ययनमा एक्काईसओटा अर्थालङ्कारको लक्षणसहित विश्लेषण गरिएको छ । यस क्षेत्रका टुम्का लोकगीतमा प्रयोग भएको उपमेय र उपमानका बिचमा सादृश्य सम्बन्ध देखाउने उपमा अलङ्कार ले गीतलाई रागात्मक र उपमेय र उपमान एउटै भएको अनन्वय अलङ्कार ले गुणसाम्यता देखाएर लोकगीतलाई चमत्कारपूर्ण बनाएको देखिन्छ । यसै गरी सामान्य वस्तुलाई समर्थनमाथि समर्थन गर्दै जाँदा विशेष अर्थ प्रस्तुत गरेको विकस्वर अलङ्कार ले लोकगीतलाई हृदयस्पर्शी र द्रष्टा वस्तुबाट अनुभूत वस्तुको चामत्कारिक वर्णन गरेर स्मरण अलङ्कार ले लोकगीतलाई सौन्दर्यमय बनाउन उल्लेखनीय भूमिका निभाएको भेटिन्छ । यसका साथै अप्रत्यक्ष प्रमाणबाट कुनै अर्थ सिद्ध भएको अर्थापत्ति अलङ्कारले कलात्मक भाषाको प्रयोगबाट लोकगीतलाई रागात्मक बनाउन र इच्छा विपरितको फल प्राप्त भएको विषादन अलङ्कारले अनौठो किसिमको भङ्गिमाबाट लोकगीतलाई उक्तिवैचिœययुक्त बनाएको पाइन्छ । अर्थालङ्कारयुक्त टुम्का लोकगीतको विश्लेषण गर्दा ती लोकगीतका नेपथ्यमा रहेका प्रस्तुति, विषयवस्तु, भाव, प्रयोजन, सन्देश वा उद्देश्य, भाषा, गति, यति, लय, संरचना, थेगो वा रहनी, समास र द्विŒवजस्ता वाह्य–आन्तरिक संरचनागत पक्षको विश्लेषण गरिएको छ । टुम्का लोकगीतहरू मूलतः जीविकोपार्जनका लागि गन्धर्वहरूले गाउने गरेको भए तापनि उनीहरूले प्रस्तुत गरेका गीतहरूमा नारीजीवनका पीडा र व्यथाको प्रस्तुतीकरण गरेको पाइन्छ । यसका साथै यी लोकगीतले जीवनका विविध पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरेर लोकजीवनको मनोविरेचन गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । साहित्यिकताका हिसाबले समेत यी लोकगीतहरू प्रवलभावका साथ व्यक्त भएका भेटिन्छन् । यसप्रकारका टुम्का लोकगीतको अध्ययनबाट लोकगीतप्रति रुचि राख्ने तथा अध्ययन गर्न चाहाने व्यक्तिहरू लाभान्वित हुने देखिन्छ

Downloads

Download data is not yet available.
Abstract
62
PDF
19

Downloads

Published

2025-05-15

How to Cite

Pun, D. B. (2025). टुम्का लोकगीतमा आलङ्कारिक सौन्दय. Perspectives on Higher Education, 15(02), 169–182. https://doi.org/10.3126/phe.v15i02.81116

Issue

Section

Nepali Section