उत्तरवर्ती नेपाली निबन्धमा राजनीतिक चेतना

Authors

  • Rajani Dhakal नेपाली केन्द्रीय विभाग, त्रिवि

DOI:

https://doi.org/10.3126/phe.v15i02.81119

Keywords:

अधीनस्थ समूह, प्रतिरोधी चेतना, प्रभुत्व, वर्चस्व, सामाजिक न्याय

Abstract

साहित्यको एउटा विधाविशेषका रूपमा निबन्ध अनुभूतिको शक्तिशाली भाषिक अभिव्यक्ति हुनुका साथै वैचारिक अन्तर्वस्तुको सघन अभिव्यक्ति पनि हो । उत्तरवर्ती चरणका नेपाली निबन्धमा यो वैचारिकता राजनीतिक सञ्चेतनाका रूपमा ज्यादा प्रखर छ । २०३५÷०३६ यताका कालावधिमा भएका अनेक आन्दोलन र सङ्घर्षसँग सम्बद्ध रही विकसित भएका विविध राजनीतिक सञ्चेतनाको प्रभाव यस कालका निबन्धमा के कस्तो परेको छ र खास गरी शासकीय वर्चस्वका विरुद्धको प्रतिरोधी चेतनाका रूपमा राजनीतिक सञ्चेतना कसरी प्रकट भएको छ भन्ने मुख्य प्राज्ञिक जिज्ञासाको समाधानमा यो लेख केन्द्रित रहेको छ । यसका लागि निबन्धको वैचारिक अन्तर्वस्तुसम्बद्ध विधासिद्धान्त तथा वर्चस्व र प्रतिरोधको माक्र्सवादी, विशेषतः ग्राम्सेली अवधारणाको उपयोग गरिएको छ । आन्दोलनको पक्षमा निर्मित चेतना, शासकवर्गीय वर्चस्वका विरुद्धको वैचारिक चेतना र दमन र प्रतिरोधको चेतनाका आधारमा निबन्धको विश्लेषण गरिएको छ । उत्तरवर्ती चरणमा राजनीतिक प्रवृत्तिका निबन्धको संख्या धेरै भए पनि यहाँ सोद्देश्य नमुना छनोटका आधारमा सीमित विश्लेष्य निबन्धको छनोट गरी तिनको पाठपरक विश्लेषण गरिएको छ । उत्तरवर्ती चरणका नेपाली निबन्धमा अभिव्यक्त राजनीतिक विचार मूलतः माक्र्सवादी र अंशतः उदार लोकतान्त्रिक चेतनासँग सम्बद्ध छन् । यी दुवै वैचारिक प्रवृत्तिले निबन्धमा वर्चस्वका विरुद्ध अधीनस्थ समूहको प्रतिरोधी चेतना व्यक्त गरेका छन् । निबन्धमा यस्ता विचारहरू सामाजिक परिवर्तनका लागि राजनीतिक चेतनाका रूपमा व्यक्त भएका हुन् भन्ने पुष्टि हुन्छ । माक्र्सवादी र उदार लोकतान्त्रिक राजनीतिक चेतना तŒवमीमांसीय दृष्टिले भिन्न छन् तापनि सारमा सामाजिक न्यायको स्थापनाबाटै आदर्श समाजको निर्माण सम्भव छ भन्ने चिन्तनबाट प्रेरित छन् । यसैबाट उत्तरवर्ती नेपाली निबन्धको राजनीतिक चेतनाको निर्माण भएको छ भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
63
PDF
24

Downloads

Published

2025-05-15

How to Cite

Dhakal, R. (2025). उत्तरवर्ती नेपाली निबन्धमा राजनीतिक चेतना. Perspectives on Higher Education, 15(02), 183–194. https://doi.org/10.3126/phe.v15i02.81119

Issue

Section

Nepali Section