एउटा च्यातिएको पोस्टर कवितामा अस्तित्ववाद

Authors

  • Shreeram Neupane त्रि.वि.,रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली विभाग

DOI:

https://doi.org/10.3126/phe.v15i02.81120

Keywords:

आत्मसत्ता, चित्भविता, भविता, शून्यता, जडभविता

Abstract

एउटा च्यातिएको पोस्टर वानीरा गिरिको एउटा एउटा जिउँदो जङ्गबहादुर (२०३१) कवितासङ्ग्रहमा सङ्गृहीत गद्यकविता हो । अमूर्त, दुर्बोध एवम् जटिल भाषिक बिम्बको प्रयोगवादी नेपाली कविता लेखनपरम्परालाई यस कविताले अर्थिने मूल बाटोमा हिँडाउने जमर्को गरेको छ । जटिल जीवनको विश्लेषणमा तदनुकूल क्लिष्ट भाषिक संरचनाको आमन्त्रण गर्नेहरूमा उनी पर्दिनन् भन्ने दृष्टान्त पनि यो हो । विसङ्गत विश्वपरिवेशभित्र नेपाली जीवन र विशेषतः सीमान्तकृत नारीअस्तित्वको सग्लो शब्दचित्र यहाँ उतारिएको छ । विगतदेखि वर्तमानसम्मका मान्छेका विवशता यथावत रहनुले समयलाई गिज्याएको, मानवउन्नतिलाई लल्कारेको अनि मानवताको उचाइलाई भासमा घचेटेको ठम्याइभित्र कवयित्री गिरी विसङ्गतिविरुद्ध खनिएकी छन् । मान्छेलाई यस्तो अस्तित्वहीनतामा बाँच्न हुकुम दिने यो समय विसङ्गत छ भने त्यसैभित्र निसास्सिएर बाँच्नुपरेको मानवजीवन अस्तित्वको सङ्घर्षमा छ भन्ने मूल मर्म पहिल्याउन विसङ्गतिवादी–अस्तित्ववादी सैद्धान्तिक मान्यताहरूको निकट पुगेर यसको चिरफार गर्दा रचनाप्रति पूर्ण न्याय हुने देखिएकाले यसलाई सोही आधारमा विश्लेषण गरिएको हो ।

Downloads

Download data is not yet available.
Abstract
51
PDF
12

Downloads

Published

2025-05-15

How to Cite

Neupane, S. (2025). एउटा च्यातिएको पोस्टर कवितामा अस्तित्ववाद. Perspectives on Higher Education, 15(02), 195–204. https://doi.org/10.3126/phe.v15i02.81120

Issue

Section

Nepali Section