भाषिक अनुसन्धानका विधिहरू
DOI:
https://doi.org/10.3126/phe.v15i02.81123Keywords:
सर्वेक्षण, प्रयोगात्मक, प्रयोगशाला, क्रियात्मक, अन्तःपे्रक्ष्यात्मकAbstract
अनुसन्धान व्यवस्थित र गहन कार्य हो । यसका लागि उपयुक्त विधिको महत्वपूर्ण भूमिका हुन्छ । विषय क्षेत्रअनुसार निश्चित विधिको चयन गरी अनुसन्धान कार्य गर्नुपर्दछ । अनुसन्धानका क्षेत्रमा भाषिक अनुसन्धान व्यापक क्षेत्र भएको क्षेत्र हो । भाषिक अनुन्धान भन्नाले के बुझिन्छ ? भाषिक अनुसन्धानका लागि के कस्ता विधिहरू प्रयोग हुन्छन् ? भाषिक अनुसन्धानमा प्रयुक्त विधिहरूका चरणहरु केके छन् ? जस्ता अनुसन्धेय प्रश्नमा आधारित हुँदै भाषिक अनुसन्धानमा कस्ता विधिहरू प्रयोग हुनसक्छन् ? भन्ने अनुसन्धानात्मक समस्यामा यो लेख आधारित छ । भाषिक अनुसन्धानका विधिहरूको अध्ययन गर्नु यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । भाषिक अनुसन्धानका विधिहरूमा मात्र सीमित यो लेख गुणात्मक प्रकृतिको छ । पुस्तकालयीय अध्ययनविधिको प्रयोग गरिएको यस अध्ययनको व्याख्या विश्लेषण प्रक्रिया वर्णनात्मक र विश्लेषणात्मक रहेको छ । भाषिक अनुसन्धानमा सामान्य विधिका रुपमा वर्णनात्मक , ऐतिहासिक , निगमनात्मक आगमनात्मक, स्थलगत (क्षेत्रीय) अध्ययनविधि, प्रयोगात्मक, प्रयोगशाला, तुलनात्मक, क्रियात्मक पर्दछन् भने विशेष विधिअन्तर्गत अन्तः प्रेक्षात्मक, समस्या समाधान र जातिभाषिक अध्ययनविधि पर्दछन् । सामान्य विधिहरू वैज्ञानिक विधिहरू हुन् । यी विधिले अध्ययनको वस्तुगत पक्षमा जोड दिन्छन् । विशेष विधिहरू भाषिक अनुसन्धानमा मात्र प्रयोग हुने गर्दछन् । यी विधि विशिष्टीकृति रुपमा भाषाको विशेष पक्षको अध्ययनमा प्रयोग हुने गर्दछन् । यस अन्तर्गत अन्त ः प्रेक्षात्मक विधि , मनोवैज्ञानिक अवस्थाको प्रतिबिम्वन र अवलोकन गर्ने विधि हो । भाषिक क्षेत्रमा देखिएका समस्यामा केन्द्ति भएर अध्ययन गरिने विधि समस्या अध्ययनविधि हो र कुनै जाति वा समुदायको भाषिक व्यवहारको अध्ययन गर्नु जाति भाषिक अध्ययनविधि हो । भाषिक अनुसन्धानमा सामान्य र विशेष विधिको प्रयोगबाट अनुसन्धान कार्य गरिन्छ । यी विधिको प्रयोगबाट भाषिक अनुसन्धान गर्ने अनुसन्धानकर्मी, अध्ययनकर्मी लाभान्वित हुने विश्वास लिइएको छ ।