शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापकहरूका सेवासुविधा र वृत्तिविकासका अवसरहरू
Keywords:
शिक्षाशास्त्र केन्द्रीय विभाग, प्राध्यापक, सेवा सुविधा, वृत्ति विकास, असन्तुष्टिAbstract
यस अध्ययनको मुख्य उद्देश्य शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापकहरूका सेवासुविधा र वृत्तिविकासकाअवसरहरू खोजी गर्नु रहेको छ । यस अध्ययनमा कथन अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । योअध्ययनमा शिक्षाशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गर्ने नौजना पूर्णकालीन प्राध्यापकहरूलाईउद्देश्यमूलक नमुना छनोट विधिको आधारमा छनोट गरी अध्ययन गरिएको छ । यस अध्ययनमा अन्तर्वार्ता निर्देशिकालाई साधनका रूपमा प्रयोग गरी सूचनाहरू लिइएको छ । यस अध्यपनमा प्राध्यापकहरूले आफ्नो प्राध्यापन पेसाप्रति आत्मगौरव अनुभूत गरेको तर न्यून पेसागत विकासका अवसर र सुविधाकाकारणले निराशा र बेखुसी भएको पाइयो । समयमा विश्वविद्यालयले पदोन्नतिको विज्ञापन नखोल्दाप्राध्यापकहरूमा बढी पेसागत चिन्ता रहेको पाइयो । विषयगत विभागहरूमा घट्दो विद्यार्थी भर्नादरलेप्राध्यापकहरूमा आफ्नो पेसा नै धरापमा पर्ने डरले मानसिक र मनोवैज्ञानिक तनाव सिर्जना हुनेगरेकोदेखिन्छ । विभागमा प्रविधिक, विद्युतीय र इन्टरनेट सुविधा तथा दण्ड र पुस्कारको अभाव रहेको पाइयो । यसैगरी विभागमा शिक्षकहरू बीच समसामयिक शैक्षिक मुद्दामा बहस र छलफल प्रायः शून्य रहेकोछ । प्राध्यापकहरूको खण्डित मनस्थितिले विभागमा सहकार्यको संस्कृतिमा कमी रहेको पाइयो । विश्वविद्यालयले प्राध्यापकको पेसागत विकास गर्न विशेषगरी वृत्तिविकास तथा नियमित पदोन्नतिकाअवसर सिर्जना गर्नुपर्ने देखिन्छ । शिक्षक शिक्षाका समसामयिक मुद्दाहरूमा नियमित छलफल र बहसतथा अनुसन्धानका लागि थप आवश्यक आर्थिक सहयोग गर्नुपर्ने देखिन्छ । यसैगरी नेपाल सरकारलेउच्चशिक्षा प्राध्यापन गर्ने प्राध्यापकहरूको जिम्मेवारीअनुसार उनीहरूको पेशागत मर्यादा कायम रपारिश्रमिक वृद्धि गर्नुपर्ने देखिन्छ भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।