आइमाई साथी निबन्धमा अन्तरपुस्तीय सांस्कृतिक–द्वन्द्व
Keywords:
अन्तरपुस्ता, पुस्तान्तर, प्रगतिशीलता,, लैङ्गिकता, संस्कृतिAbstract
आइमाई साथी निबन्धकार श्यामप्रसाद शर्माको लैङ्गिक मित्रताको प्रश्नलाई केन्द्रमा राखिएको समाजमा व्याप्तअन्तरपुस्तीय द्वन्द्वलाई उजागर गर्ने एक निबन्ध हो । परम्परागत मूल्यमान्यता र उदीयमान आधुनिक चेतनाबीचकोसांस्कृतिक टकरावलाई यस निबन्धले कसरी प्रतिबिम्बित गर्दछ भन्ने प्रश्न यस अनुसन्धानमूलक लेखको केन्द्रीयसमस्या हो । पाठकेन्द्रित विश्लेषणात्मक विधि अपनाइएको प्रस्तुत लेखमा कार्ल म्यानहाइमको पुस्तागत चेतना,एन्थोनी गिडेन्सको परम्पराको पुनर्मूल्याङ्कन, सिमोन द बोउवारको लैङ्गिक निर्माण, एन्टोनियो ग्राम्सीकोसांस्कृतिक वर्चस्व, होमी भाभाको हाइब्रिडिटी, बेनेडिक्ट एन्डर्सनको कल्पित समुदाय तथा वाल्टर बेन्यामिनकोसमयचेतनाजस्ता बहुविध सैद्धान्तिक परिप्रेक्ष्यको समन्वयात्मक प्रयोगद्वारा निबन्धका विभिन्न आयामको व्याख्यागरिएको छ । यस लेखबाट प्रस्तुत निबन्धमा परम्पराविरुद्ध आधुनिकता, राजनीतिक चेतना, लैङ्गिक असमानता,सांस्कृतिक विरोधाभास, प्रगतिशीलताको सीमा, जातीयभौगोलिक चेतना र समयदृष्टिजस्ता पुस्तान्तरीय टकरावकोसशक्त चित्रण कस्तो रूपमा भएको छ भनी विवेचना गरिएको छ । प्रगतिशील पुरुषको सिद्धान्त र व्यवहारबीचकोविरोधाभास निबन्धको सबभन्दा तीखो सांस्कृतिक आलोचना बनेको छ । अतः यस लेखमा के प्रमाणित भएको छभने पुस्तान्तर भनेको केवल जैविक उमेरको भिन्नतामात्र नभई विचार, चेतना र व्यवहारको बहुआयामिक भिन्नताहो । शर्माको निबन्ध नेपाली सामाजिक सांस्कृतिक इतिहासको एक महŒवपूर्ण साहित्यिक दस्तावेज भएकाले यसकोपुस्तान्तरीय विश्लेषण समकालीन समाजका लागि समेत प्रासङ्गिक रहन्छ ।