करोडौँ सूर्यहरूको अन्धकार कवितामा पारिस्थितिकी चेतना
Keywords:
अतिक्रमण, जैविकता, मानवकेन्द्री, वातावरणीय सङ्कटAbstract
प्रस्तुत आलेखमा कवि अविनाश श्रेष्ठको ‘करोडाँै सूर्यहरूको अन्धकार’ कविताकृतिमा सङ्गृहीत करोडौँसूर्यहरूको अन्धकार शीर्षकको कवितालाई पाठका रूपमा लिई त्यस कवितामा प्रयुक्त पारिस्थितिकीचेतनाका प्रकृति र मानवीय संवेदनाजस्ता पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरिएको छ । पर्या—कवितासङ्ग्रह भनिएको यस कृतिका अन्य कवितामा समेत पर्यावरणीय चेतना अभिव्यक्त भए पनिकरोडौँ सूर्यहरूको अन्धकार कवितामा इकोलोजी अर्थात् पारिस्थितिक चेतना सघन रूपमा आएकालेयस कवितालाई मात्र यहाँ अध्ययनका लागि चयन गरिएको छ । यस आलेखमा व्याख्यात्मक एवम्विश्लेषण विधिको प्रयोग गरी कवितामा प्रयुक्त पारिस्थितिकीको निरूपण गरिएको छ । यसका लागिआर्ने नेसले व्याख्या गरेको गहिरो पारिस्थितिकीको अवधारणालाई प्रमुख आधार बनाएर कवितामा प्रयुक्तपारिस्थितिकीको व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययनमा पारिस्थितिकी र मानवीय संवेदना तथापर्यावरणमाथि मानवीय अतिक्रमण गरी दुईओटा सूचकहरूका आधारमा पर्यावरणीय चेतनाको विश्लेषणगरिएको छ । प्रकृति केवल मानव उपयोगका लागि मात्र नभएर यो आफैँमा मूल्यवान्, अस्तित्ववान् रमहत्त्वपूर्ण हुन्छ भन्दै यसलाई मानवीय संवेदनासँग सम्बद्ध गरेर हेर्नु र त्यसैअनुरूप विश्लेषण गर्नु नैगहिरो पारिस्थितिकीको अवधारणा हो । यस अध्ययनबाट अविनाश श्रेष्ठको ‘करोडाँै सूर्यहरूको अन्धकार’शीर्षकको कवितामा प्रकृति र मानवीय संवेदनाहरूको समीकरण र संयोजनबाट गहिरो पारिस्थितिकीकोनिर्माण भएको र यसले श्रेष्ठका कविता भाव वा विचारका दृष्टिले मात्र नभई शिल्पशैली र कलात्मकताकादृष्टिले पनि स्तरीय बनेको र कवितालाई विशेष सौन्दर्ययुक्त बनाएको निष्कर्ष निकालिएको छ । यसकवितामा अभिव्यञ्जित पर्यावरणका कारण कवितामा पर्यावरणीय अन्तर्विषयता सघन देखिनु यसकोप्राप्ति हो ।