यज्ञविक्रमका निबन्धमा महिलाचेतना

Authors

  • Rajani Dhakal Central Department of Nepali, Tribhuvan University, Kirtipur, Nepal

Keywords:

नारीवाद, परम्परागत समाज, पितृसत्ता, महिलाचेतना, सामाजिक जागरण

Abstract

प्रस्तुत लेख यज्ञविक्रम राणका निबन्धमा महिलाचेतनाको अध्ययन र विश्लेषणमा केन्द्रित छ । नेपाली समाजमामहिलाचेतना सुरु हुँदै गरेको समयतिर लेखिएका यज्ञविक्रम राणाका दुई निबन्ध ‘बहिनीहरूलाई सन्देश’ र ‘स्त्रीजाति को हुन् ? ईश् वरले किन सृष्टि गरे ?’ शीर्षकका दुईवटा निबन्ध महिलाविषयक भएको हुनाले ती निबन्धमामहिलाको अवस्था र महिलाचेतनाको अवस्था के कसरी प्रकट भएको छ भन्ने मूल समस्यामा केन्द्रित भई योअध्ययन गरिएको हो । यस अध्ययनमा २००४ सालको गोरखापत्रमा प्रकाशित ‘बहिनीहरूलाई सन्देश’ र ‘स्त्री जातिको हुन् ? ईश्वरले किन सृष्टि गरे ?’ निबन्ध अध्ययनका मुख्य क्षेत्र हुन् भने नारीवाद यसको सैद्धान्तिक आधारहो । महिलाचेतनाका आधारबाट निबन्धको अध्ययन गर्दा त्यतिबेलाको नेपाली समाजमा महिलाको अवस्था कस्तोथियो भन्ने ऐतिहासिक पक्षको पनि खोजी गरिएको छ । यज्ञविक्रम राणाका दुई निबन्धको गहन पठन गरी तीनिबन्धमा व्यक्त दृष्टिकोण र धारणाका आधारमा महिलाचेतनाको पक्ष र यथास्थितिको चित्रका आधारमा निबन्धकोअध्ययन गरिएको छ । भर्खर महिला शिक्षा सुरु भएको नेपाली समाजमा महिलाप्रति परम्परागत दृष्टिकोण कस्तोथियो र अगाडि बढ्न चाहने महिलाका लागि कस्ता चुनौती थिए भन्ने पक्षलाई पनि प्रस्तुत अध्ययनमा केलाइएकोछ । काठमाडौँ जस्ता सहरी क्षेत्रमा मात्र महिला शिक्षा सुरु हुँदै गर्दा महिलाप्रति समाजको अपेक्षा कस्तो थियो रमहिलालाई अगाडि बढाउने पुरुष लेखकको दृष्टिकोण कस्तो थियो भन्ने पक्ष पनि यस लेखमा समेटिएको छ । यसलेखमा महिलालाई अगाडि बढाउन चाहने र यथास्थितिमा राख्न चाहने दुई विपरीत दृष्टिकोणको विश् लेषण गरीतुलनात्मक रूपमा महिलाचेतनाको पक्षमा समाज अगाडि बढ्दै गरेको निष्कर्ष निकालिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2026-08-06

How to Cite

Dhakal, R. (2026). यज्ञविक्रमका निबन्धमा महिलाचेतना. Perspectives on Higher Education, 16(1), 118-125. https://doi.org/10.3126/phe.v16i1.96851

Issue

Section

Nepali Section

How to Cite

Dhakal, R. (2026). यज्ञविक्रमका निबन्धमा महिलाचेतना. Perspectives on Higher Education, 16(1), 118-125. https://doi.org/10.3126/phe.v16i1.96851