मन्त्रीको मुस्कान लघुकथा–सङ्ग्रहमा अलङ्कार

Authors

  • Narayan Prasad Pantha Butawal Multiple Campus, Tribhuvan University, Butawal, Nepal

Keywords:

अलङ्कारसिद्धान्त, अलङ्कृत काव्य, काव्यसौन्दर्य, काव्यशास्त्रपरम्परा, काव्योक्ति

Abstract

अलङ्कारलाई पूर्वीय काव्यशास्त्रपरम्परामा स्थापित महŒवपूर्ण सिद्धान्तका रूपमा लिइन्छ । यो आफै ँमा शोभाकारक  वस्तु वा काव्यमा नभई नहुने विषय हो । मन्त्रीको मुस्कान कपिल लामिछानेद्वारा लेखिएको लघुकथासङ्ग्रह हो ।  यस लेखमा आलङ्कारिक शिल्पसौन्दर्यका दृष्टिले मन्त्रीको मुस्कान लघुकथा सङ्ग्रहमा प्रयुक्त अलङ्कारको अध्ययन गरिएको छ । यही नै यसको प्राज्ञिक समस्या हो । यस लेखको मुख्य उद्देश्य आलङ्कारिक शिल्पसौन्दर्यका दृष्टिले मन्त्रीको मुस्कान लघुकथामा प्रयुक्त अलङ्कारको विश्लेषण गर्नु हो । यसका लागि प्राथमिक सामग्रीका रूपमा मन्त्रीको मुस्कान लघुकथासङ्ग्रहलाई लिइएको छ भने वर्णनात्मक विधिको प्रयोग गरी पुस्तकालय कार्यबाट अलङ्कारविधान सम्बद्ध सैद्धान्तिक सामग्रीलाई द्वितीय सामग्रीका रूपमा उपयोग गरिएको छ । मन्त्रीको मुस्कान लघुकथा सङ्ग्रहमा अलङ्कारका सार्थक प्रयोगले लघुकथा सङ्ग्रहको भाव र अर्थगत पक्ष सौन्दर्यपूर्ण बनेको छ । अलङ्कारका सार्थक प्रयोगले आकर्षण थप्नुका साथै प्रस्तुतिमा पनि सौन्दर्य बढाएको छ । अलङ्कारद्वारा लक्ष्यार्थ र व्यञ्जनामूलक भाषिक एकाइको प्रयोग गरी लघुकथासङ्ग्रहलाई जीवन्त बनाइएको छ । यस लेखमा अलङ्कारद्वारा सौन्दर्य सिर्जना गरी लघुकथा सङ्ग्रहलाई सघन तुल्याइएको निचोड निकालिएको छ । यो अध्ययन शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा पाठकवर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2026-06-10

How to Cite

Pantha, N. P. (2026). मन्त्रीको मुस्कान लघुकथा–सङ्ग्रहमा अलङ्कार. Perspectives on Higher Education, 16(1), 126-133. https://doi.org/10.3126/phe.v16i1.96854

Issue

Section

Nepali Section

How to Cite

Pantha, N. P. (2026). मन्त्रीको मुस्कान लघुकथा–सङ्ग्रहमा अलङ्कार. Perspectives on Higher Education, 16(1), 126-133. https://doi.org/10.3126/phe.v16i1.96854