अधिकमास र यसमा निषिद्ध कर्महरूको संक्षिप्त अध्ययन {Adhikamasa and a brief study of the forbidden deeds in it}

Authors

  • चिदानन्द Chidananda नेपाल Nepal ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

DOI:

https://doi.org/10.3126/pj.v4i1.44992

Keywords:

परिभ्रमण, अंहस्पति, खगोलशास्त्र, राशिचक्र, पुरुषोत्तममास, चान्द्रमान, सौरमान, अधिकमास, भगण, कक्ष

Abstract

वेदको अर्थ ज्ञानराशि हो । वेदका शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष यी छ वटा अङ्गहरूमध्ये ज्योतिष आँखा झैं महत्वपूर्ण अङ्ग हो । ज्योतिषशास्त्रमा कालगणनाका लागि प्रचलित प्रमुख ९ वटा पद्धतिहरू छन् । ती मध्ये सूर्यलाई आधार मानेर गरिने कालगणना पद्धतिलाई सौरमान र चन्द्रमालाई आधार मानेर गरिने कालगणनालाई चान्द्रमान भनिन्छ र कालगणनाका यिनै दुर्इृ विधि धेरै प्रचलित छन् । सौरमान अनुसार गणना गरिने समयका वर्ष, अयन, ऋतु, महिना, दिन, घण्टा, मिनट, सेकेण्ड जस्ता एकाइहरू हुन् भने प्रतिपदा आदि तिथिको गणना चान्द्रमान अनुसार हुन्छ । सौरमान र चान्द्रमानको भगण पूर्तिकालमा समन्वय स्थापना गर्न सिर्जना गरिएको समय नै अधिकमास हो । यस्तो महिना काल गणनाको मल मास भएकाले अरु समयमा पनि गर्न सकिने काम्य कर्महरू यस बेला गरिदैनन् भने नगरी नहुने कर्महरू गरिन्छन् । नेपाली समाजमा पनि मलामासमा शास्त्रले गर्न निषेध गरेका कर्महरू गर्न बार्ने गरेको पाइन्छ । यस महिनामा भगवान् विष्णुको भक्ति र पूजा गर्दा पुण्य मिल्ने धारणाले गर्दा पूजा र जप तप गर्ने चलन चली आएको छ । यहाँ संक्षेपमा अधिकमासलाई चिनाएर त्यस बेला गर्न हुने नहुने कर्मका विषयमा स्पष्ट पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
71
PDF
29

Author Biography

चिदानन्द Chidananda नेपाल Nepal, ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

Assistant Professor

Downloads

Published

2021-06-30

How to Cite

नेपाल Nepal च. C. (2021). अधिकमास र यसमा निषिद्ध कर्महरूको संक्षिप्त अध्ययन {Adhikamasa and a brief study of the forbidden deeds in it}. Pragyajyoti, 4(1), 90–95. https://doi.org/10.3126/pj.v4i1.44992

Issue

Section

Articles