@article{नेपाल Nepal_2021, title={अधिकमास र यसमा निषिद्ध कर्महरूको संक्षिप्त अध्ययन {Adhikamasa and a brief study of the forbidden deeds in it}, volume={4}, url={https://www.nepjol.info/index.php/pj/article/view/44992}, DOI={10.3126/pj.v4i1.44992}, abstractNote={<p>वेदको अर्थ ज्ञानराशि हो । वेदका शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष यी छ वटा अङ्गहरूमध्ये ज्योतिष आँखा झैं महत्वपूर्ण अङ्ग हो । ज्योतिषशास्त्रमा कालगणनाका लागि प्रचलित प्रमुख ९ वटा पद्धतिहरू छन् । ती मध्ये सूर्यलाई आधार मानेर गरिने कालगणना पद्धतिलाई सौरमान र चन्द्रमालाई आधार मानेर गरिने कालगणनालाई चान्द्रमान भनिन्छ र कालगणनाका यिनै दुर्इृ विधि धेरै प्रचलित छन् । सौरमान अनुसार गणना गरिने समयका वर्ष, अयन, ऋतु, महिना, दिन, घण्टा, मिनट, सेकेण्ड जस्ता एकाइहरू हुन् भने प्रतिपदा आदि तिथिको गणना चान्द्रमान अनुसार हुन्छ । सौरमान र चान्द्रमानको भगण पूर्तिकालमा समन्वय स्थापना गर्न सिर्जना गरिएको समय नै अधिकमास हो । यस्तो महिना काल गणनाको मल मास भएकाले अरु समयमा पनि गर्न सकिने काम्य कर्महरू यस बेला गरिदैनन् भने नगरी नहुने कर्महरू गरिन्छन् । नेपाली समाजमा पनि मलामासमा शास्त्रले गर्न निषेध गरेका कर्महरू गर्न बार्ने गरेको पाइन्छ । यस महिनामा भगवान् विष्णुको भक्ति र पूजा गर्दा पुण्य मिल्ने धारणाले गर्दा पूजा र जप तप गर्ने चलन चली आएको छ । यहाँ संक्षेपमा अधिकमासलाई चिनाएर त्यस बेला गर्न हुने नहुने कर्मका विषयमा स्पष्ट पारिएको छ ।</p>}, number={1}, journal={Pragyajyoti}, author={नेपाल Nepal चिदानन्द Chidananda}, year={2021}, month={Jun.}, pages={90–95} }