नेपाली भाषा शिक्षकको निरन्तर विद्यार्थी मूल्याङ्कनप्रतिको धारणा Nepali Bhasha Shikshakko Nirantar Biddhyarthi Mulyankanpratiko Dharana

Authors

  • सुरज Suraj पौडेल Poudel नेपाली शिक्षा विभाग पृथ्वीनारायण क्याम्पस, त्रिवि, पोखरा Nepali Shikshya Department, PN Campus, Pokhara

Keywords:

भाषा शिक्षक Bhasha Shikshak, निरन्तर विद्यार्थी मूल्याङ्कन Nirantar Biddhyarthi Mulyankan, निराकरणात्मक Nirakaranatmak, परियोजना कार्य Pariyojana Karya, धारणा Dharana

Abstract

प्रस्तुत ‘नेपाली भाषा शिक्षकको निरन्तर विद्यार्थी मूल्याङ्कनप्रतिको धारणा’ शीर्षकको लेख मूलतः पोखरा उपत्यकाभित्र कक्षा ५ मा नेपाली पढाउने भाषा शिक्षकको निरन्तर विद्यार्थी मूल्याङ्कनप्रतिको धारणा, प्रयोगावस्था र भोगेका कठिनाइ पहिल्याउने उद्देश्यले तयार गरिएको हो । आलेख तयार गर्ने सन्दर्भमा मूलतः गुणमात्रात्मक विधि (क्वान क्वाल विधि) को उपयोग गरी प्रश्नावली र अन्तर्वार्ताका माध्यमबाट नेपाली भाषा शिक्षकले प्रस्तुत गरेका वस्तुगत र विषयगत दुवै धारणालाई प्रतिशताङ्क, पाइचार्ट, बारडायग्राम तथा थिमहरू निर्माण गरी व्याख्या गरिएको छ । अध्ययनबाट प्राप्त निष्कर्षलाई हेर्दा अधिकांश शिक्षकहरूले निरन्तर विद्यार्थी मूल्याङ्कनलाई नियमित÷अनौपचारिक, निराकरणात्मक÷सुधारात्मक र भाषिक सिपको मूल्याङ्कनका रूपमा लिएका छन् । संस्थागत विद्यालयका शिक्षकले निरन्तर विद्यार्थी मूल्याङ्कन अभिलेख राख्ने गरेको पाइएन भने निरन्तर विद्यार्थी मूल्याङ्कनका क्रममा कक्षाकार्य÷गृहकार्य, हाजिरी र कक्षा सहभागिता, सिर्जनात्मक कार्य, परियोजना कार्य र व्यवहार अवलोकनलाई मुख्य साधनका रूपमा उपयोग गरेको पाइन्छ । अधिकांश शिक्षकले विद्यार्थीको सिकाइ उपलब्धिमा निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रभाव सकारात्मक रहेको बताएका छन् भने केही शिक्षकले निरन्तर विद्यार्थी मूल्याङ्कन केवल औपचारिकतामा सीमित रहेको जनाएका छन् । शिक्षकले निरन्तर विद्यार्थी मूल्याङ्कनका क्रममा विद्यालय प्रशासन र विद्यार्थीसँग सम्बन्धित समस्या भोगेको बताएका छन् । निरन्तर विद्यार्थी मूल्याङ्कनलाई प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनको समन्वय र सहयोगको आवश्यकता पर्दछ ।

Abstract
1816
PDF
0

Author Biography

सुरज Suraj पौडेल Poudel, नेपाली शिक्षा विभाग पृथ्वीनारायण क्याम्पस, त्रिवि, पोखरा Nepali Shikshya Department, PN Campus, Pokhara

उपप्राध्यापक Deputy Professor

Downloads

Published

2019-12-15

How to Cite

नेपाली भाषा शिक्षकको निरन्तर विद्यार्थी मूल्याङ्कनप्रतिको धारणा Nepali Bhasha Shikshakko Nirantar Biddhyarthi Mulyankanpratiko Dharana. (2019). Prithvi Journal of Research and Innovation, 1, 96-105. https://doi.org/10.3126/pjri.v1i0.29901

Issue

Section

Articles in English

How to Cite

नेपाली भाषा शिक्षकको निरन्तर विद्यार्थी मूल्याङ्कनप्रतिको धारणा Nepali Bhasha Shikshakko Nirantar Biddhyarthi Mulyankanpratiko Dharana. (2019). Prithvi Journal of Research and Innovation, 1, 96-105. https://doi.org/10.3126/pjri.v1i0.29901