सुवेदीको यमपुरीको महल र राजवको मोटेल अमेरिकामा नेपाली डायस्पोराका समस्या [Nepali Diasporic Predicament in Subedi’s Palace of Yamapuri and Rajab’s Motel America]

Authors

  • श्रीधर न्यौपाने [Shreedhar Neupane] नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा [Department of Nepali, Prithvi Narayan Campus, Pokhara]

DOI:

https://doi.org/10.3126/pjri.v3i1.37436

Keywords:

अधिकारविहीन, अल्पसङ्ख्यक, एक्लोपन, डायस्पोरा, भय, [Marginalization, minority, alienation, diaspora, anxiety]

Abstract

प्रस्तुत लेखमा होमनाथ सुवेदीले लेखेको यमपुरीको महल र राजवले लेखेको मोटेल अमेरिका उपन्यासका प्रमुख पात्रले अमेरिकामा भोग्नुपरेका समस्याका बारेमा अध्ययन गरिएको छ । यी दुई उपन्यासका प्रमुख पात्रहरू नेपालमा बेरोजगार बन्नुपरेको र आर्थिक समस्या भोग्नुपरेकाले उक्त समस्या समाधान गर्नाका लागि अमेरिका गएका हुन् । यसरी अमेरिका पुगेका नेपाली डायस्पोराले त्यहाँ के कस्ता समस्या भोगेका छन् भन्ने शोध्य समस्याको प्राज्ञिक विमर्श गर्ने उद्देश्यले यो लेख तयार गरिएको हो । कृतिविश्लेषण पद्धतिको अवलम्बन गरिएको यस लेखमा डायस्पोरिक लेखनलाई सैद्धान्तिक आधारका रूपमा उपयोग गरिएको छ । अध्ययनका क्रममा आवश्यक पर्ने सामग्री सङ्कलनको मुख्य स्रोत पुस्तकालयलाई बनाइएको छ । यस लेखमा नेपाली डायस्पोराका समस्यालाई डायस्पोरिक सिद्धान्तका कोणबाट अध्ययन गरिएकाले निगमनात्मक विधिको उपयोग गरिएको छ । काम र दामका लागि अमेरिका पुगेका नेपाली डायस्पोराले उचित सम्मान पाएका छैनन् अनि भयका बिचमा सङ्घर्र्ष गरिरहेका छन् भन्ने निष्कर्ष र प्राप्ति यस अध्ययनको रहेको छ । [The present paper aims to analyze the predicament faced by the protagonists of Hom Nath Subedi’s Palace of Yamapuri and Rajab’s Motel America. The protagonists of these two novels have migrated to America in search of opportunities that they came across back in Nepal, including their unemployment and poor economic condition. The study is conducted to discuss the predicament faced by the Nepali diasporic community in America. A critical review of analytical method has been adopted as an approach to study the diasporic texts. The study is based on the library research, using print resources for the secondary sources of information. In this paper, the predicament of Nepali diasporic community has been viewed from the diasporic perspective. The paper concludes that Nepali diasporic communities have not lived a respectful life there and are struggling hard for survival.]

Downloads

Download data is not yet available.
Abstract
224
PDF
129

Downloads

Published

2021-06-02

How to Cite

[Shreedhar Neupane] श. न. (2021). सुवेदीको यमपुरीको महल र राजवको मोटेल अमेरिकामा नेपाली डायस्पोराका समस्या [Nepali Diasporic Predicament in Subedi’s Palace of Yamapuri and Rajab’s Motel America]. Prithvi Journal of Research and Innovation, 3(1), 71–82. https://doi.org/10.3126/pjri.v3i1.37436