पाठकको दृष्टिकोणमा पगेनीको प्रणयवेदका ऋचाहरूः पाठकीय प्रवृत्तिको अध्ययन [Pageni’s Hymns of Pranaya Veda from the Reader’s Perspective: A Study of Affective Stylistics]

Authors

  • बोधराज ढकाल [Bodha Raj Dhakal] नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा [Department of Nepali, Prithvi Narayan Campus, Pokhara]

DOI:

https://doi.org/10.3126/pjri.v3i1.37437

Keywords:

काफिया, तखल्लुस, पाठकीय, मकता, मतला, रदिफ, शेर, [Kafia, takhallus, pathakiya, makta, matla, radif, sher]

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा प्रकट पगेनी ‘शिव’ को प्रणयवेदका ऋचाहरू गजलसङ्ग्रहमा प्रस्तुत पाठकीय प्रवृत्तिको विश्लेषण गरिएको छ । गजलका प्रवृत्तिहरूलाई पाठकीय सिद्धान्तमा ढालेर गरिने विश्लेषणलाई पाठकीय प्रवृत्ति भनिन्छ । यहाँ लेखकीय अभिमत वा लेखकसँग कुनै सरोकार नराखी निर्वैयक्तिक रूपमा पाठकीय प्रवृत्तिका आधारमा कृतिको विश्लेषण गरिएको छ । प्रणयवेदका ऋचाहरू गजलसङ्ग्रहलाई प्राथमिक स्रोत सामग्री र गजल सिद्धान्तसँग सम्बन्धित ग्रन्थहरू, समालोचनात्मक कृतिहरू, समीक्षात्मक लेखहरू तथा शोध सामग्रीहरूलाई द्वितीय स्रोतका सामग्रीको रूपमा लिइएको  छ । यस लेखमा गजलीय सिद्धान्तका मान्यताहरूलाई आधार मान्दै पाठपरक विधिमार्फत विश्लेषण गरिएको छ । पाठकीय परिवृत्तका आधारमा विश्लेषण गर्दा प्रतिनिधिमूलक रूपमा गजलहरूका उदाहणहरू प्रस्तुत गरिएको छ । पाठकीय प्रवृत्तिका संरचनागत, विषयगत, अर्थगत र शैलीगत आधारहरूमध्ये संरचनागत र विषयवस्तुगतका आधारमा विश्लेषण गरिएको छ । संरचनागत प्रवृत्तिका आक्षरिक, शेर, काफिया, रदिफ र तखल्लुसहरूको प्रयोग गजलहरूमा भए पनि अक्षरगत र शेरगत प्रयोगमा एकरूपता भएको देखिँदैन । तखल्लुसको प्रयोग पनि गजलीय सिद्धान्तको मूल मर्मअनुरूप नगरी केवल प्रयोगका लागि मात्र प्रयोग गरेको देखिन्छ । गजलहरूको विषयवस्तुगत पक्षलाई नियाल्दा प्रायः सबै गजलहरूको विषय प्रणयपरक वा श्रृङ्गारिक (संयोग) रहे पनि एउटा गजलको विषय श्रृङ्गारिक कम तर नेपाली संस्कृति पक्ष सबल रहेको देखिन्छ । यसै गरी केही गजलहरू शब्दगत र भावगत रूपमा अति अश्लील रहेका छन् तापनि विषयवस्तुको कोणबाट यिनका गजलहरू मुसलसल शैलीमा प्रस्तुत भएका छन् । [This article analyzes the reading tendency presented in Hymns of Pranaya Veda, a collection of ghazals, authored by Prakat Pageni 'Shiva'. An analysis of the trends in ghazal based on the reader response theory is called reading tendency. Here, the work is analyzed based on the impersonal reading without any relation to the author's opinion. Examples of ghazals are presented representatively when analyzing the work. The ghazal collection itself is considered as the primary source material and the secondary sources include the texts related to ghazal theory, critical works, critical articles and research materials. In this article, the analysis is based on the basic tenets of ghazal and reader response theory. The analysis is based on the structural and thematic angles out of the structural, thematic, semantic and stylistic bases of the reader’s responses. Although there is abundant use of the components of ghazals like structured uses of the alphabets, sher, kafia, radif and takhallus, there does not seem uniformity in the use of sher and the alphabets. The use of takhallus also seems to have been used without following the basic tenets of the ghazal theory. Looking at the thematic aspect of ghazals, the subject matter of almost all ghazals is romantic or erotic (coincidentally) but the content of one ghazal seems to be less erotic but more Nepali cultural. Similarly, some ghazals in the collection are very vulgar both verbally and emotionally. However, from the point of view of subject matter, the ghazals have been presented in Musalsal.]

Downloads

Download data is not yet available.
Abstract
73
PDF
31

Downloads

Published

2021-06-02