स्नातक तहका विद्यार्थीको पाठ्यक्रम तथा मूल्याङ्कन प्रणालीप्रतिको अभिवृत्ति [Bachelor Level Students’ Attitudes towards Curriculum and Assessment System]

Authors

  • रेशमबहादुर सुवेदी [Resham Bahadur Subedi] शिक्षा बिभाग, (पाठयक्रम तथा मुल्याङकन बिषय) पृथ्वीनारायण क्याम्पस, पोखरा [Department of Education, Prithvi Narayan Campus, Pokhara, Nepal] https://orcid.org/0009-0008-3104-6446

DOI:

https://doi.org/10.3126/pjri.v5i1.60698

Keywords:

पाठ्यक्रम, मूल्याङ्कन प्रणाली, सिकाइ क्रियाकलाप, अभिवृत्ति, [Curriculum, assessment system, learning activities, attitude]

Abstract

प्रस्तुत लेख स्नातक तहका विद्यार्थीको पाठ्यक्रम तथा मूल्याङ्कन विषय प्रतिको अभिबृत्ति पत्ता लगाउने उद्देश्यले तयार गरीएको हो । यस लेखमा बहुसत्यमा आधारित मिश्रित ढाँचाको प्रयोग गरीएको छ । यहा त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत स्नातक तह शिक्षाशास्त्र संकायका तेस्रो वर्ष शैक्षिक सत्र २०७८–२०७९ का कक्षामा उपस्थित सम्पूर्ण ५४ जना विद्यार्थीलाई नमुनाको रूपमा छनोट गरीएको छ । छनोटमा परेका विद्यार्थीसँग बन्द प्रश्नावलीबाट सङ्कलन गरीएका सूचनालाई लिकर्ट विधिको प्रयोगगरी औसत गणना र स्तरीय भिन्नता गणना गरी परिमाणात्मक तथ्याङ्कको आधारमा विश्लेषण गरीएको छ । परिमाणात्मक तथ्याङकगणनामा कम्प्यूटरमा माइक्रोसफट एक्सलको प्रयोग भएको छ । अनुसन्धान क्षेत्रबाट प्राप्त सूचनालाई प्राप्ति र छलफलमा उद्देश्यअनुसार एकाइगत मुख्य शीर्षक पाठ्यक्रमको अवधारणा, पाठक्रम विकासमा प्रभाव पार्ने स्रोतहरू, माध्यमिक स्कुल तहको नेपालको पाठयक्रम, स्थानीय पाठयक्रम, मापन र आँकलन, असल परीक्षणका विशेषताहरू, शिक्षक निर्मित परीक्षण, प्रश्नको आवद्धता, परीक्षा संचालन अङ्कन र विश्लेषण, परीक्षणबाहेकका मूल्याङ्कनका अन्य साधनहरू, विद्यालय तहको वर्तमान मूल्याङ्कन पद्धतिमा विश्लेषण गरीएको छ । प्राप्त सूचनालाई औसत अभिवृत्तिको आधारमा विश्लेषण गर्दा सबै एकाइमा अभिवृत्ति सकरात्मक र स्तरीय भिन्नतामा समानता देखिन्छ । पाठ्यक्रम तथा मूल्याङ्कनको विषयवस्तुप्रतिको अभिवृत्ति सकारात्मक छ भने अभिवृत्तिमा समानता रहेको छ । अभिवृत्ति सगै विद्यार्थीका सिकाइ क्रियाकलापमा सहभागिता, विद्यार्थीको नतिजा, क्याम्पसमा उपस्थिति बारेमा थप अनुसन्धान  गर्नुपर्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।

[This paper aims to explore the Bachelor Level students’ attitudes towards curriculum and assessment system of the university. The study has adopted mixed research design to address the issues under study. The study has sampled 54 Bachelor Level Third Year students who studied at the Faculty of Education, Tribhuvan University Prithvi Narayan Campus, Pokhara during the academic year 2078-79 BS. The data were collected from the sampled population through the closed questionnaires, using mean calculation and standard deviation for qualitative analysis. The variables such as the basic concept of curriculum, factors that affect the curriculum development, teacher-oreinted secondary level curriculum of Nepal, local curriculum, measurement and calculation, features of good evaluation, teacher-oriented assessment, relevance of questions, examination and evaluation, other criteria of assessment, and secondary level assessment system were analyzed for discussion. An analysis based on the mean attitudes, the findings of the study showed that all variables were found to be consistent and based on the standard deviation they were found to be similar. The study demonstrated that students have the positive attitudes towards curriculum and assessment of students’ performance. Finally, the study concluded that despite the students’ positive attitudes towards curriculum and assessment system, the students’ participation in learning activities, students’ results, and the responsibility of the campus are expected to be explored through further research.]

Downloads

Download data is not yet available.
Abstract
68
PDF
59

Downloads

Published

2023-12-15

How to Cite

[Resham Bahadur Subedi] र. स. (2023). स्नातक तहका विद्यार्थीको पाठ्यक्रम तथा मूल्याङ्कन प्रणालीप्रतिको अभिवृत्ति [Bachelor Level Students’ Attitudes towards Curriculum and Assessment System]. Prithvi Journal of Research and Innovation, 5(1), 114–123. https://doi.org/10.3126/pjri.v5i1.60698

Issue

Section

Articles in Nepali