‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन

Authors

  • शारदा Sharada खनाल Khanal त्रिभुवन विश्‍वविद्यालय, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

Keywords:

परिवेश, भाषाशैलीगत विन्यास, सङ्गठन, समाख्याता, सहभागी

Abstract

प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस्था भए पनि यस लेखमा संरचनावादी सिद्धान्तका आधारमा मात्र अध्ययन गरिएको छ । कुनै पनि कृतिको संरचनामा केन्द्रित भई उक्त कृतिको वस्तुगत र वैज्ञानिक ढङ्गले अध्ययन विश्लेषण गर्ने पद्धतिलाई संरचनावाद भनिन्छ । कृतिरचनाका क्रममा आवश्यक पर्ने विभिन्न अङ्ग, तत्त्व वा घटकहरूको समष्टि वा पारस्परिक मेलबाट निर्मित पूर्ण रूप नै उक्त कृतिको संरचना हो ।संरचनात्मक विश्लेषण कृतिको विभाजन, सङ्गठन, वस्तु, सहभागी, परिवेश, उद्देश्य, समाख्याताको स्थिति तथा भाषाशैलीगत विन्यास जस्ता विभिन्न आधारमा गरिएको छ । प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीलाई सूक्ष्म पठन गरी सघन पाठविश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययनसमेत गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । प्रमुख पात्र पवित्राको शारीरिक, सामाजिक र मानसिक सबै दृष्टिकोणले दयनीय स्थितिको जीवन्त तस्विर प्रस्तुत गर्दै तत्कालीन समाजमा मात्र नभएर जहिले र अहिले पनि यस्ता युवतीहरूप्रति समाजको दृष्टिकोण सकारात्मक नहुँदा र उनीहरूको बिहे हुन नसक्दा उनीहरू नोकर वा भान्छे भएर आफ्नो जवानी यत्तिकै खेर फाल्दै बेसहारा जीवन बाँच्नुपर्ने बाध्यात्मक अवस्थालाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । प्रारम्भमा कथातर्फ पाठकलाई अभिमुख गराई लगत्तै कथाको मूल कथ्य सन्दर्भलाई जोडेर कथालाई अगाडि बढाइएको छ । सहरिया परिवेशमा केन्द्रित यस कथामा निश्चित कालिक परिवेश नभए पनि पात्रका जीवनका एउटा खण्डका घटना प्रस्तुत भएका छन् । बहिर्निष्ठ तथा सर्वज्ञ समाख्याता रहेको यस कथामा सरल, सहज र स्वाभाविक भाषाको प्रयोग गरिएको पाइन्छ । मध्यम खालको संरचनामा संरचित प्रस्तुत कथालाई विभाजन, सङ्गठन, वस्तु, सहभागी र तिनको सहभागिता, परिवेश, समाख्याता, भाषाशैलीगत विन्यास जस्ता संरचनावादी सिद्धान्तका संरचक घटकहरूका आधारमा अध्ययन गरी प्राप्त भएको निष्कर्षलाई यसको प्राप्तिका रूपमा लिइएको छ ।

Abstract
205
PDF
0

Downloads

Published

2024-09-23

How to Cite

शारदा Sharada खनाल Khanal. (2024). ‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन. Prāgyik Prabāha, 12(1), 124-136. https://doi.org/10.3126/pp.v12i1.69989

Issue

Section

Articles

How to Cite

शारदा Sharada खनाल Khanal. (2024). ‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन. Prāgyik Prabāha, 12(1), 124-136. https://doi.org/10.3126/pp.v12i1.69989