रिक्सा तान्ने कथामा सामाजिक संरचनाको समानधर्मिता
DOI:
https://doi.org/10.3126/pp.v13i1.94809Keywords:
उच्चवर्ग, निम्नवर्ग, विश्वदृष्टि, संरचनागत समानधर्मिता, सीमान्तकृतAbstract
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाले लेखेको ‘रिक्सा तान्ने’ कथाभित्र भएको समाजिक संरचनाको अध्ययनमा केन्द्रित छ । यस लेखमा त्यस सामाजिक संरचनासित कृतिलेखनको युगको सामाजिक संरचनाको समानधर्मिताको स्थितिबारे अध्ययन गरिएको छ । कथामा सामाजिक संरचनालाई प्रस्तुत गर्ने अंशको छनोट गरी व्याख्याविश्लेषण गरिएका कारण प्रस्तुत लेख गुणात्मक अध्ययन पद्धतिमा आधारित रहेको छ । लेखमा पाठ विश्लेषण विधिअन्तर्गतको विषयवस्तु विश्लेषण विधिको प्रयोग गरी सामाजिक संरचनाको समानधर्मी अवस्थालाई प्रस्तुत गर्ने सन्दर्भको खोजी एवं विश्लेषण गरिएको छ । कथामा प्रस्तुत समानधर्मी सामाजिक संरचनाको अध्ययनका लागि कृतिविश्लेषणको सैद्धान्तिक आधार उल्लेख गरिएको छ साथै महान् लेखकका कृतिमा लेखक बाँचेको युग र समाजको समानधर्मी सामाजिक संरचना प्रस्तुत हुने अवधारणा उल्लेख गरिएको छ । यसै अवधारणाअनुरूप कथाको वर्गीय, आर्थिक र लैङ्गिक संरचनाको अध्ययन गरी त्यसमा वर्गीय विभेदयुक्त सामाजिक संरचनाका माध्यमबाट निर्मित विश्वदृष्टिमा बाहिरी समाजको संरचनामा समानधर्मिता रहेको निष्कर्ष प्राप्त भएको छ ।