मायालु हुम्ला नियात्रासङ्ग्रहका निबन्धमा सामाजिक समस्या
DOI:
https://doi.org/10.3126/pp.v13i1.94811Keywords:
दुर्गम क्षेत्र, नियात्रा, बहुपतिप्रथा, सम्भावनाको सङ्कुचन, सशस्त्र युद्ध, सामाजिक समस्याAbstract
प्रस्तुत लेखमा दामोदर पुडासैनीद्वारा लेखिएको मायालु हुम्ला सङ्ग्रहका नियात्रामा विद्यमान समस्या पहिल्याएर सामाजिक यथार्थवादका आधारमा अध्ययन विश्लेषण गरिएको छ । यसमा शोध्यप्रश्नको रूपमा प्रस्तुत गरिएको जिज्ञासाको समाधानका लागि पाश्चात्य साहित्य सिद्धान्तमा देखा परेर विकसित हुँदै आएको यथार्थवादसम्बन्धी अवधारणाको आधार लिइएको छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार सूक्ष्म पठन गरी स्थापित सिद्धान्तका आधारमा सन्दर्भपरक विश्लेषणसमेत गरी निष्कर्षमा पुगिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको छ । विवेच्य नियात्रासङ्ग्रहमा प्रस्तुत सामाजिक समस्याका विषयलाई मूल प्राज्ञिक समस्या बनाएर त्यसको समाधान खोज्न कृतिमा सम्भावनाका सङ्कुचनका समस्या, सरकारी कर्मचारीका कार्यसम्बन्धी समस्या, बहुपतिप्रथाले निम्त्याएका समस्या, जातीयतासम्बन्धी समस्या, मदिराजन्य समस्या, सरसफाईका समस्या, सशस्त्र युद्धले निम्त्याएका समस्या, यौनजन्य समस्या, अन्धविश्वासजन्य समस्याजस्ता सामाजिक यथार्थवादसम्बन्धी विविध समस्याका आधारमा विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । प्रस्तुत कृतिका सामाजिक समस्या पहिल्याउने व्रmममा हुम्ली समाजमा विद्यमान भौगोलिक विकटता, अशिक्षा, जनचेतनाको कमीजस्ता समस्याहरूले गर्दा त्यहाँका विविध सम्भावनाहरूको सङ्कुचन भई उत्पादित बहुमूल्य वस्तुले समयसापेक्ष बजार पाउन नसकेको, भट्टीमा रक्सीसँगै जवानी बेच्ने महिला र पेसाप्रति अनुत्तरदायी भ्रष्टाचारी कर्मचारीका यौनजन्य व्रिmयाकलाप, वैज्ञानिक युगमा पनि अन्धविश्वासका पछि लागेर धामी, झाँव्रmी बसाल्ने प्रवृत्ति, बहुपतिप्रथाका कारण धेरैजसो नारीहरू अविवाहित बस्नुपर्ने विवशता, सशस्त्र युद्धका बेला जनताहरू नेपाली सेना र लाल सेनाको दोहोरो मारमा पर्नुपरेको विकराल स्थिति, मान्छेलाई गैरदलित र दलित भनी सामाजिक सद्भाव खल्बल्याएर वैरभाव सिर्जना गरिएको अवस्थाजस्ता सामाजिक समस्या विद्यमान छन् भन्ने निष्कर्ष प्रस्तुत सङ्ग्रहका नियात्राहरूको अध्ययनबाट प्राप्त भएको छ ।