समकालीन नेपाली कवितामा समावेशीकरण
Keywords:
समावेशीकरण, सीमान्तीकरण, जातीयताAbstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा समकालीन नेपाली कवितामा समावेशीकरणको अवस्था र तिनलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने बिम्बात्मक युक्तिको उल्लेख गरी कविताका प्रतिनिधि स्वरूपहरूको गति र दिशा पहिल्याउने प्रयास भएको छ । पचासको दशकदेखि सुरु गरी मूल रूपमा साठीको दशकदेखि अहिलेसम्म प्रकाशित कविताहरूको सर्वेक्षणलाई यस अध्ययनले आधार बनाएको छ । समकालीन नेपाली कविताको समावेशीकरण मूल रूपमा वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय समानताका पक्षमा केन्द्रित छ । समकालीन नेपाली कवितामा पाठकलाई प्रभावित पार्ने तिनको विशेष युक्ति चाहीँ वक्ताको छनोट, स्थानीय बिम्बको प्रयोग र व्यङ्ग्यात्मक एवम् आक्रोशमय चिन्तन हुन् । ब्रहुल वर्ग, जाति, लिङ्ग, क्षेत्र, धर्म, संस्कृति, भाषाआदिको समावेशीकरणलाई राज्यको रूपान्तरणका दिशामा लैजान समकालीन नेपाली कविताले बलशाली र अग्रगामी भूमिका खेलेको निष्कर्ष यसमा निकालिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Palhi Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables re-users to distribute, remix, adapt, and build upon the material in any medium or format for non-commercial purposes only, and only so long as attribution is given to the creator.