‘एक अर्को खाडल’ कथामा समाख्यानात्मक वाच्यत्व {Narrative textuality in the story 'One Another Gap'}

Authors

  • महेन्द्र Mahendra वाग्ले Wgle म.ब. क्याम्पस, नेपालगन्ज

DOI:

https://doi.org/10.3126/ppj.v2i2.53173

Keywords:

परकथानात्मक, भोक्ता, बन्द समाख्याता, कथा वाचक

Abstract

महेशविक्रम शाहद्वारा लिखित ‘एक अर्को खाडल’ कथा दशवर्षे द्वन्द्वकालमा भएको मानवीय क्षतिले निम्त्याएको दुःख, पीडा र मानसिक असन्तुलनलाई विषय बनाएर लेखिएको कथा हो । यस कथामा द्वन्द्वको पीडा असहय हुने हुँदा मानव र मानवीयताका लागि शान्तिको आवश्यकता रहेको सङ्केत गरिएको छ । यसमा कथालाई पाश्चात्य मान्यतामा स्थापित समाख्यानात्मक वाच्यत्वलाई आधार बनाएर समाख्याताको पहिचान र समाख्यानमा वाच्यत्वको अध्ययन गरिएको छ । यो लेख वाच्यत्वको केन्द्रमा रही समाख्यानको विचार, भाव तथा कथ्यको विषय के कस्तो रहेको छ भन्ने समस्यामा आधारित छ । समाख्यानको सिद्धान्तलाई नै अध्ययनको केन्द्र बनाइएको हुँदा यस लेखमा सामग्री सङ्कलन गरी कथाको अध्ययन तथा विश्लेषण गर्न पुस्तकालयलाई आधार बनाइएको छ । यसमा समाख्यानात्मक वाच्यत्वले निर्देश गरेको समालोचनाको प्रचलित ढाँचालाई विश्लेषणको आधार बनाइएको छ ।यस लेखमा कथाको विश्लेषणको क्रममा समाख्याताको पहिचान गर्दा ‘ऊ’ पात्र भोक्ता र कर्ता रहेको, ‘ऊ’ पात्रको बारेमा एकल समाख्याताले कथा भनेको, परकथानात्मक, सर्वज्ञ, तृतीय पुरुष, खुलाको अपेक्षा बन्द समाख्याता रहेको छ साथै समाख्यानमा मानवीय क्षतिलाई यथार्थ रूपमा प्रस्तुत गरी सशस्त्र द्वन्द्वको दुःख र पीडा अब मानवजातिले कहिल्यै भोग्नु नपरोस्भन्ने वाच्यत्व व्यक्त गरिएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
21

Author Biography

महेन्द्र Mahendra वाग्ले Wgle, म.ब. क्याम्पस, नेपालगन्ज


उपप्राध्यापक (नेपाली)

Downloads

Published

2022-12-31

How to Cite

वाग्ले Wgle म. M. (2022). ‘एक अर्को खाडल’ कथामा समाख्यानात्मक वाच्यत्व {Narrative textuality in the story ’One Another Gap’}. Patan Prospective Journal, 2(2), 312–320. https://doi.org/10.3126/ppj.v2i2.53173

Issue

Section

Articles