राणाकालीन नेपालको तालुकदारी व्यवस्था

Authors

  • तेजबहादुर Tejbahadur के.सी. KC महेन्द्र बहुमुखी क्याम्पस, त्रि.वि. नेपालगञ्ज

Keywords:

पजनी, किपट, अमानत, जिम्मुवाल, तालुकदार, मुखिया

Abstract

नेपाल एउटा भूपरिवेष्टित, अधिकांश भू–भाग पहाडी स्वरूपमा बनेको देश हो । संसारको सबैभन्दा अग्लोहिमालदेखि समथर मैदानसम्मका सबै भौगोलिक स्वरूपमा बनेको यस देशमा बसोवास गर्ने अधिकांश मानिसहरूकोजीविकोपार्जनको मुख्य श्रोत कृषि हो भने देशको राष्ट्रिय आय आर्जनको मुख्य श्रोत पनि जमिन नै हो । राष्ट्रिय आयकोमुख्य श्रोत मानिएको भूमिकर जनताबाट असुलउपर गर्ने नेपालको सनातन प्रचलन नै हो । भूमिकर सङ्कलनप्रकृयालाई प्रभावकारी वनाउन शासकहरूले समय समयमा फरक फरक प्रकारका प्रशासनिक तौरतरिका प्रचलनमाल्याउने गरेको देखिन्छ । यसै सन्दर्भमा यहाँ भूमिकरलाई प्रभावकारी ढङ्गले सङ्कलन गर्न राणा प्रधानमन्त्री चन्द्रशमसेरले लागु गरेको तालुकदारी व्यबस्था पनि एक हो । तालुकदारी व्यवस्था पहाडी क्षेत्रको भूमिकर सङ्कलनसँगसम्वन्धित व्यवस्था हो । यस व्यवस्थाभित्र दुईवटा पद विभाजन गरी अलगअलग कार्यक्षेत्र निर्धारण गरिएको थियो ।पहाडी क्षेत्रमा रहेको पाखो जग्गा जहाँ पानीमा हुने धान खेती हुँदैन त्यसको भूमिकर सङ्कलनको जिम्मेवारी पाएकोब्यक्तिलाई मुखियाको पदवी दिइएको थियो भने धान खेतको कर सङ्कलनको जिम्मेवारी पाएको व्यक्तिलाईजिम्मुवालको पदवी प्रदान गरिएको थियो । यी दुवै पदमा नियुक्त पदाधिकारीरुको नियुक्ति, कामगर्ने कार्यालय र कामकोप्रकृति हेर्दा जुन विशेषता देखिन्छन् त्यो विशेषता अरू कुनै पदाधिकारीहरूमा पाइँदैन । यो व्यवस्था नेपालमा झण्डैझण्डै पञ्चायती व्यवस्थाको अन्त्यसम्म नै अस्तित्वमा रहेको देखिन्छ ।

Abstract
221
PDF
0

Author Biography

तेजबहादुर Tejbahadur के.सी. KC, महेन्द्र बहुमुखी क्याम्पस, त्रि.वि. नेपालगञ्ज

सह–प्राध्यापक 

Downloads

Published

2023-10-09

How to Cite

राणाकालीन नेपालको तालुकदारी व्यवस्था. (2023). Patan Prospective Journal, 3(01), 206-210. https://doi.org/10.3126/ppj.v3i01.59047

Issue

Section

Articles

How to Cite

राणाकालीन नेपालको तालुकदारी व्यवस्था. (2023). Patan Prospective Journal, 3(01), 206-210. https://doi.org/10.3126/ppj.v3i01.59047