अन्तरिम सरकार २०४७: शपथ ग्रहण र पदस्थापन

Authors

  • बद्रीनारायण Badrinarayan गौतम Gautam इतिहास केन्द्रीय बिभाग, त्रि. वि.

Keywords:

शपथ ग्रहण समारोह, परिवर्तनको चरण, मन्त्री परिषद्, एकताबद्ध प्रयास, जनआन्दोलनका शक्तिहरू

Abstract

कुनै पनि हालतले कांग्रेस कम्युनिष्ट एकजुट हुन नदिने नीति असफल हुँदा पनि जनआन्दोलन विरोधी नीतिलिएको मरिचमान सिंह श्रेष्ठ नेतृत्वको पञ्चायती सरकारले उग्रवादीहरूको हथकण्डा भनेर अन्तर्राष्ट्रिय जगत्लाईअल्मल्याउन खोजे तापनि सफलता पाउन सकेन । जनआन्दोलनको आक्रोस दरबारतर्पm सोझिएपछि पनि अल्मल्याएरआफ्नो स्वार्थ सिद्ध गर्ने राजाको प्रयास एवं चाहना पनि पूरा भएन । जुन कुनै अवस्थामा पञ्चायती व्यवस्थाको अन्त्यबिना जनआन्दोलन नरोकिने घोषणा र प्रतिबद्धताबाट एक इन्च पनि नडगेका जनआन्दोलन कमाण्डर गणेशमान सिंहकोचट्टानी अडानले गर्दा राजा वीरेन्द्रको अल्मल्याउँदै लगेर जनआन्दोलन उपलब्धि विहिन बनाउने प्रयास पनि काम लागेन ।प्रज्ञा भवनको अन्तिम राज प्रयासलाई सफल हुन नदिने भन्दै सडकमा उत्रेर खबरदारी गरेका आन्दोलनकारी जनता एवंतरुण विद्यार्थीहरूले लोकेन्द्रबहादुर चन्दलाई राजिनामा नगरिनहुने बनाएपछि मात्र अन्तरिम सरकार २०४७ गठनको मार्गप्रशस्त भयो । जनआन्दोलन कमाण्डर गणेशमान सिंहसँगको परामर्शपछि विधिवत संवादलाई निर्णायक चरण  तर्फ  बढाएका राजाले कामाण्डरकै सल्लाहमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार घोषणा गरेपछि नारायणहिटी राजदरबारमै प्रधानमन्त्रीलाई शपथ ग्रहण गराएका थिए । त्यसपछि सरासर सिंहदरबार पुगेका प्रधानमन्त्री भट्टराईले सार्वजनिक कार्यक्रमकै रूपमा मन्त्रीहरूलाई शपथ ग्रहण गराएर अन्तरिम सरकारको लक्ष्य–उद्देश्य प्रस्ट पारेपछि अन्तरिम सरकार सफल हुने आधार तयार भयो ।

Abstract
261
PDF
0

Downloads

Published

2023-10-09

How to Cite

अन्तरिम सरकार २०४७: शपथ ग्रहण र पदस्थापन. (2023). Patan Prospective Journal, 3(01), 221-229. https://doi.org/10.3126/ppj.v3i01.59078

Issue

Section

Articles

How to Cite

अन्तरिम सरकार २०४७: शपथ ग्रहण र पदस्थापन. (2023). Patan Prospective Journal, 3(01), 221-229. https://doi.org/10.3126/ppj.v3i01.59078