समाजवाद उन्मुख संविधान र श्रमिकको अवस्था

Authors

  • भेषराज Bheshraj घिमिरे Ghimire राजनीतिशास्त्र त्रि.वि.

DOI:

https://doi.org/10.3126/ppj.v3i01.59079

Keywords:

सामाजिक न्याय, मौलिक हक अधिकार, ट्रेड युनियन, समाजवाद, श्रमिक

Abstract

विगत लामो समय देखिको प्रयत्न स्वरुप नेपालमा संघीय लोकतान्त्रिक व्यवस्था स्थापित भयो । यो व्यवस्था लोकतान्त्रिक मात्र नभई गणतन्त्रात्मक र धर्म निरपेक्ष सहितको नयाँ विशेषतायुक्त पनि थियो । राजतन्त्रात्मक र एकात्मक प्रणालीले सम्पूर्ण समाजको समानुपातिक विकास हुन सक्दैन भनि जनताको चाहना र राजनैतिक दलहरुको अग्रसरताको कारण संविधानसभावाट नयाँ संविधान जसलाई नेपालको संविधान भनिन्छ, कार्यान्वयनमा आयो । यो संविधानले विभिन्न किसिमका मौलिक हक अधिकारहरु नागरिकलाई प्रत्याभूत गरेपनि आशातित रुपमा सफल कार्यान्वयन हुन सकिरहेको छैन । साथै यो मुलुकको कार्यदिशा समाजवाद उन्मुख हुनेछ भने स्पष्टताका साथ संविधानको प्रस्तावना एवम् धारा ४ (१) मा उल्लेख गरेपनि राज्यले समाजवादको यात्राको शुरुवात समेत गरेको पाईदैन । सिमान्तकृत समुदाय या भनौ श्रमजीविहरुको हक हित तथा सुरक्षाका विषयहरु नारामा मात्र सिमित भैरहेकोले समाजको एउटा हिस्सा जुन श्रमिकको रहेको छ त्यो वर्ग चरम अभाव र गरिवीबाट ग्रुजिरहेको र देशबाट पलायन भैरहेको यथार्थता छलएङ्ग छ । अव पनि समाजवाद कार्यान्वयनमा नलाग्ने हो भने संविधानको ओचित्यता विस्तारै लोप हुन जानेछ ।

Downloads

Download data is not yet available.
Abstract
57
PDF
81

Author Biography

भेषराज Bheshraj घिमिरे Ghimire, राजनीतिशास्त्र त्रि.वि.

उप–प्राध्यापक

Downloads

Published

2023-10-09

How to Cite

घिमिरे Ghimire भ. B. . (2023). समाजवाद उन्मुख संविधान र श्रमिकको अवस्था. Patan Prospective Journal, 3(01), 230–236. https://doi.org/10.3126/ppj.v3i01.59079

Issue

Section

Articles