नेपाली दोहोरी गीतमा सबाल्टर्न

Authors

  • महेन्द्र Mahendra वाग्ले Wgle पाटन सयुक्त क्याम्पस, ललितपुर

DOI:

https://doi.org/10.3126/ppj.v3i01.59080

Keywords:

मौखिक परम्परा, सीमान्तकृत, सीमान्तीयता, लोक गीत, दोहोरी गीत

Abstract

यो अनुसन्धनात्मक लेख नेपाली दोहोरी गीतसँग सम्बन्धित रहेको छ । दोहोरी गीत नेपाली लोकसाहित्यबाट विकसित भएको विधा हो । दोहोरीगीतमा लोकका विषयवस्तुहरू प्रस्तुत गरिने र लोकले अनुभूति गरेका विषयहरूलाई समेटिने भएकाले प्रस्तुत लेखमा पनि सबाल्टर्नले समाजमा भोगेका पीडा, दुःख र अधीनस्थ हुनु परेको अवस्थालाई प्रस्तुत गरिएको छ । यस लेखमा नेपाली दोहोरी गीतमा माया प्रेमका विषयमात्र नभएर वर्गीय, जातीय र लैङ् िगकविषयहरू पनि रहेको छन् भन्ने अध्ययनको विषय बनाइएको छ । यस अध्ययनलाई प्रभावकारी र विश्वशनीय बनाउनका लागि सबाल्टर्न अध्ययनको सैद्धान्तिक आधार केन्द्रमा राखिएको छ । सबाल्टर्न अध्ययन भारतीय विद्वान रञ्जित गुहाबाट प्रारम्भ गरी ब्रिटिस सांस्कृतिक अध्ययनबाट विकसिकत भएको अध्ययन पद्धति हो । यसमा सीमान्तीकृत वर्गका पीडा, दुःख, अन्याय, अत्याचार, प्रतिनिधित्व, प्रतिरोध आदि विषयहरू समावेश गरिएको हुन्छ । यस लेखमा पनिनेपाली दोहोरी गीतमा सीमान्तीकृत वर्गको अवस्था केकस्तो रहेको छ भन्ने अध्ययनको विषय बनाइएको छ । यसमा अध्ययनलाई निष्कर्षमा पु¥याउनका लागि प्राथमिक स्रोतको सामग्रीलाई युट्युबको माध्यमबाट लिइएको छ भने सामग्री विश्लेषणका लागि विभिन्न दोहोरी गीत र सबाल्टर्न अध्ययनसँग सम्बद्ध विभिन्न विद्वानहरूका समालोचनात्मक लेखहरूर पुस्तकलाई आाधार बनाइएको छ । यो अध्ययनले दोहोरी गीतमा सबाल्टर्न अध्ययन गर्ने विषयमा नयाँ आयाम थप्ने भएकाले महत्वपूर्ण देखिन्छ । यस अध्ययनमा नेपाली दोहोरी गीत मौखिक परम्मपराको हस्तान्तरणमा आधारित विधा भएको र यसमा माया प्रेमका विषयवस्तु मात्र हुने परम्मरागत भन्दा भिन्न समाजमा रहेका सीमान्तीकृत वर्गका समस्याहरूलाई पनि उजागर गरी एकजुट भएर सीमान्तीकृत वर्गको पक्षमा उभिन आह्वान समेत गरिएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF
37

Author Biography

महेन्द्र Mahendra वाग्ले Wgle, पाटन सयुक्त क्याम्पस, ललितपुर

उपप्राध्यापक (नेपाली)

Downloads

Published

2023-10-09

How to Cite

वाग्ले Wgle म. M. (2023). नेपाली दोहोरी गीतमा सबाल्टर्न. Patan Prospective Journal, 3(01), 237–249. https://doi.org/10.3126/ppj.v3i01.59080

Issue

Section

Articles