नेपालमा सूचनाको हक र सूचना सदाचार

Authors

  • श्रीराम Shreeram पौडेल Poudel रत्न राज्यलक्ष्मी क्याम्पस, त्रि.वि.

DOI:

https://doi.org/10.3126/ppj.v3i01.59083

Keywords:

सूचनाको विश्वसनीयता, सूचना, सदाचार, स्वतःप्रकाशन, सूचनाको हक

Abstract

नेपालमा सूचनाको हकको प्रचलन र अभ्यास क्रमशः फराकिलो हुँदै गएको सन्दर्भमा सूचना सदाचार (Information Integrity) चासोको विषय बनेको छ । एकातर्फ नागरिकले सूचना मागे वा नमागे पनि सार्वजनिक निकायले आफ्ना गतिविधि अध्यावधिक रुपमा स्वतः प्रकाशन गर्नुपर्ने सूचनाको हक सम्बन्धी कानुनले निर्दिष्ट गरेको प्रावधान सन्तोषजनक रुपमा कार्यान्वयन भएको पाइदैन । अर्कोतर्फ नागरिकले आफ्नो चासोको विषयमा माग गरेका सूचना सहज ढंगले प्राप्त गर्न सकेका छैनन् र प्राप्त गरेकै सूचनामा भर पर्न सकिने अवस्था छैन । यसबाट सूचनाको प्रदुषण बढ्नसक्ने जोखिम छ । प्रस्तुत आलेखमा नेपालमा सूचनाको हकको अभ्यास र सूचना सदाचारका आयाम बारे मामिला अध्ययन र व्याख्यात्मक विधि अपनाएर विश्लेषण गरिएको छ । एकातर्फ सार्वजनिक निकायहरुले समूचित रुपमा सूचना प्रवाह गर्न सकेका छैनन् भने अर्कोतर्फ मिथ्या वा प्रदुषित सूचनाको मात्रा बढ्दै जाँदा समाजमा नकारात्मक प्रभावबढ्दै गएको पाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
57
PDF
94

Author Biography

श्रीराम Shreeram पौडेल Poudel, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रि.वि.


पत्रकारिता, विभागीय प्रमुख

Downloads

Published

2023-10-09

How to Cite

पौडेल Poudel श. S. (2023). नेपालमा सूचनाको हक र सूचना सदाचार. Patan Prospective Journal, 3(01), 263–271. https://doi.org/10.3126/ppj.v3i01.59083

Issue

Section

Articles