सङ्घात्मक शासन प्रणालीमा स्वतन्त्र न्यायपालिकाको भूमिका

Authors

  • श्यामप्रसाद Shyamprasad फूएल Phuel शिक्षा शास्त्र संकाय, केन्द्रीय विभाग कीर्तिपुर
  • तारानाथ Taranath घिमिरे Ghimire पाटन संयुक्त क्याम्पस
  • सुजता Sujata कार्की Karki रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौ

Keywords:

सङ्घीय शासन प्रणाली, स्वतन्त्र न्यायपालिका, शक्ति विकेन्द्रिकरण, अधिकार, निक्षेपणराजनीतिक प्रणाली

Abstract

शक्तिको वैधानिक एकाधिकार राज्यमा रहन्छ । राजनीतिक व्यवस्थाले शक्तिको समुचित बाँडफाँड,सन्तुलन, नियन्त्रत र निक्षेपण गर्ने गर्दछ । राज्यको उत्पत्तिको अवस्था र शासन सञ्चालनको प्रारम्भिकअवस्थामा शासन सञ्चालनका निश्चित प्रणालीको अवलम्बन प्रयोगमा थिएन । समयक्रम सँगैसँगै शासनप्रणालीहरु व्यवस्थित बन्दै सतहमा देखा पर्न थाले । विधायिका गठनमा जनादेशलाई आवश्यक ठान्न थालियो ।विधायिकाले विवेक सम्मत कानुनहरुको निर्माण र कार्यपालिकाले प्रभावकारी कार्यान्वयनमा ध्यान दिने विषयलाईलोकतन्त्रको मर्मसँग जोड्न थालियो । न्यायपालिकाले बनेको कानुन र कार्यान्वयनको अवस्थालाई जाँच गर्दैसंविधान र कानुनको प्रभावकारी व्याख्या मार्पmत् परिभाषित जिम्मेवारीलाई पुरा गराउनमा निर्णायक भूमिकाअदाह गर्ने गर्दछ । राज्य सञ्चालनका विभिन्न पद्धतिहरुमध्येसंघात्मक शासन प्रणाली एक नविन मान्यता एवम्अवधारणा हो । शासन प्रणालीको यो एक महत्वपूर्ण लोकतान्त्रिक अभ्यास हो, जहाँ शक्ति बाँडफाँडकोअवस्थालाई संविधानले नै सुनिश्चित गरेको हुन्छ । सरकारका दुई वा सोभन्दा बढी तहहरु हुन्छन् । जुनसुकैराजनीतिक प्रणालीमा पनि स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरिन्छ । एकात्मकतामा भन्दा संघात्मक शासनप्रणालीमा न्यायपालिका बढी सबल र स्वतन्त्र रुपमा खडा हुनु पर्दछ किनकि सरकारका विभिन्न तहहरु बीचभौगोलिक सिमा, अधिकार लगायत विषयको अन्तिम निर्णय न्यायपालिकाले गर्नुपर्ने हुन्छ । यस लेख मार्पmतसंघीय शासन प्रणालीलाई सुविचारित ढङ्गले सञ्चालन गर्नका लागि न्यायपालिकाको रखबारीको भूमिकालाईविश्लेषण गर्न खोजिएको छ । स्वतन्त्र न्यायपालिकाका आधारहरुको खोजी प्रयास यस लेखमा गरिएको छ ।सूचना तथा तथ्याङ्कहरु द्वितीयक स्रोतमा आधारित छ । संघीय शासन प्रणालीमा न्यायाधिश नियुक्तिको अवस्थार अधिकारले प्रणाली रक्षाका लागि खेल्न सक्ने भूमिकाको आधार सीमामा लेख आधारित छ ।

Abstract
148
PDF
0

Author Biographies

श्यामप्रसाद Shyamprasad फूएल Phuel, शिक्षा शास्त्र संकाय, केन्द्रीय विभाग कीर्तिपुर

सह–प्राध्यापक, राजनीतिशास्त्र

तारानाथ Taranath घिमिरे Ghimire, पाटन संयुक्त क्याम्पस

सह–प्राध्यापक, राजनीतिशास्त्र

सुजता Sujata कार्की Karki, रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौ

रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौ

Downloads

Published

2024-10-01

How to Cite

सङ्घात्मक शासन प्रणालीमा स्वतन्त्र न्यायपालिकाको भूमिका. (2024). Patan Prospective Journal, 4(01), 210-216. https://doi.org/10.3126/ppj.v4i01.70276

Issue

Section

Articles

How to Cite

सङ्घात्मक शासन प्रणालीमा स्वतन्त्र न्यायपालिकाको भूमिका. (2024). Patan Prospective Journal, 4(01), 210-216. https://doi.org/10.3126/ppj.v4i01.70276