सुन्दरीघाट क्षेत्रका कुष्ठरोग निवारक सांस्कृतिक सम्पदाहरू

Authors

  • Awatar Subedi पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर

Keywords:

सांस्कृतिक सम्पदा, मूर्त सम्पदा, अमूर्त सम्पदा, जात्रा, महारोग

Abstract

सभ्यताको उत्पत्ती, विकास, विस्तार र दीगोपनका लागि नदीको भूमिका सर्वोपरी रहँदै आएको छ । वागमती किनारमा रहेको सुन्दरीघाटक्षेत्र काठमाडौँ उपत्यकाभित्र बहने वागमती नदीको अन्तिम बहाव क्षेत्र हो । चोभार गल्छीबाट प्राचीन कालमा पानी निकास भएपछि यहाँ बसेको बस्ती, देवपत्तनमा पशुपतिनाथको प्रादुर्भाव र आदिनाथको उत्पत्ति आदि विषयसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस सुन्दरीघाटक्षेत्र धार्मिक, ऐतिहासिक, पर्यटकीय एवं पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्र हो । सुन्दरीघाटमा नुहाएर आदिनाथको दर्शन गरेपछि शरीरको कुष्ठरोग नष्ट हुने गरेको, आदिनाथमा मासव्रत गरेर कुष्ठरोग नष्ट भएको र जल विनायकले बोकेपछि भैरवको कुष्ठरोग नष्ट भएको आदि जनश्रुतिहरूका आधारमा सुन्दरीघाटक्षेत्र एक आरोग्यप्रदायक क्षेत्रका रुपमा स्थानीयरूमाझ स्थापित भएको सन्दर्भमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाका केन्द्र रहेका आदिनाथको छत्रछायाँमा मौलाएका विविध मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको अस्तित्व यस क्षेत्रमा भए पनि शरीरको महारोग (कुष्ठरोग) नष्ट गराई सुन्दर काय प्रदान गर्ने विश्वासको आधार पाएको यस क्षेत्रलाई सुन्दरीघाट, आदिनाथ र जलविनायक गरेर त्रिकोणात्मक सांस्कृतिक सम्पदाहरूको पारस्परिक सम्बन्ध स्थापित गर्ने मान्यताका आधारमा विश्लेषण गर्ने प्रयास यस आलेखमा गरिएको छ ।

Abstract
40
PDF (Nepali)
1

Author Biography

Awatar Subedi, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर

ग्रामीण बिकास विभाग 

Downloads

Published

2025-10-31

How to Cite

सुन्दरीघाट क्षेत्रका कुष्ठरोग निवारक सांस्कृतिक सम्पदाहरू . (2025). Patan Prospective Journal, 5(1), 179-187. https://doi.org/10.3126/ppj.v5i1.85851

Issue

Section

Articles

How to Cite

सुन्दरीघाट क्षेत्रका कुष्ठरोग निवारक सांस्कृतिक सम्पदाहरू . (2025). Patan Prospective Journal, 5(1), 179-187. https://doi.org/10.3126/ppj.v5i1.85851