सपनाको लास कविताको भाव तथा रूपविधानगत संरचना

Authors

  • Shanti Bhatta Fulara नेपाली विभाग, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर

DOI:

https://doi.org/10.3126/ppj.v5i1.85854

Keywords:

भावविधान, रूपविधान, विसंगतिवाद, आख्यानात्मक संरचना, निस्सारता, आयामेली मान्यता

Abstract

प्रस्तुत लेखमा वैरागी काईँलाको ‘सपनाको लास’कवितामा भावविधान र रूपविधानको अध्ययन गरिएको छ । यहाँ सपनाको लास कवितालाई जीवनप्रतिको निस्सारता तथा असङ्गत मान्यता र रूपविधानगत सन्दर्भलाई आधार मानेर विश्लेषण गरिएको छ । कवितामा जीवन जगत्को अनुभूति हुन्छ । कवितामा कल्पना र भावना प्रबल हुने भए पनि यसले जीवनकै प्रतिनिधित्व गरेको हुन्छ । आफ्ना कवितामार्फत् जीवन जगत्को चित्रण गर्ने कवि बैरागी काइँलाले जीवन असंगत भए पनि सङ्घर्ष गर्दै बाँच्नुपर्छ भन्ने भावका साथ यो कविता रचना गरेका छन् । बैरागी काइँला जीवन जगत्का व्यापकतालाई अनुभूतिका माध्यमबाट कवितामा प्रस्तुत गर्ने कवि हुन् । उनका कवितामा बौद्घिकता र हाद्रिकताको मिश्रण पाइन्छ । सपनाको लास कविता आयामेली मान्यतामा लेखिएको कविता हो । यस कवितामा जीवनको निस्सारता, व्यर्थतालाई देखाउँदै जस्तो भए पनि जीवन जिउनै पर्ने बाध्यात्कम अवस्था प्रसतुत गरिएको छ । कविता विश्लेषणका विभिन्न आधार भए पनि यस अध्ययनमा भावविधानको विसंगतिवादी मान्यता तथा रूपविधानको आख्यानात्मक संरचनालाई आधार मानी सपनाको लास कविताको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
PDF (नेपाली)
5

Published

2025-10-31

How to Cite

Fulara, S. B. (2025). सपनाको लास कविताको भाव तथा रूपविधानगत संरचना . Patan Prospective Journal, 5(1), 196–203. https://doi.org/10.3126/ppj.v5i1.85854

Issue

Section

Articles