अष्ट्रेलियामा बसोवास गर्ने गैर आवासीय नेपाली संघको भूमिका {The role of non-resident Nepalese associations in Australia}

Authors

  • ध्रुब प्रसाद Dhruba Prasad बस्याल Basyal

DOI:

https://doi.org/10.3126/pprmj.v3i1.61655

Keywords:

बसाइसराइ, गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया, वैदेशिक बसाई सराइ

Abstract

मानब विकासको इतिहास भन्नु नै बसाइ सराइको इतिहास हो । बसाइ सराइ भनेको आफ्नो थातथलो छोडेर नया स्थानमा जानु हो । बसाइ सराइका कारण आर्थिक, सामाजिक र राजनैतिक कारणहरु हुन्छन । सन् १९९० पछि नवउदारबाद र भुमण्डलीकरणले गर्दा बसाइ सराइको विगतको भन्दा फरक चरित्र र आयामहरु देखा परेका छन । विगतमा मूलथलो छोडेपछि फर्केर आउने वा सम्र्पकमा रहने चलन ज्यादै कम थियो । हालको वैदेशिक बसाई सराइले कसरी आफ्नो मूलथलो र कर्मथलो जोड्छ भन्ने वारेमा समाजशास्त्रीय बुझाइ कम छ । नेपालको इतिहास हेर्ने हो भने आर्थिक अथवा धार्मिक कार्यको लागि आÇनो देश छोडेर विदेश जाने क्रम ज्यादै पुरानो रहेको पाइन्छ । आजको जस्तो अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, कोरिया जाने चलन प्रायः थिएन । बसाइ सराइ पहाडवाट तराइतिर र भारत तथा म्यानमारसम्म सिमित थियो । हाल करिब ८० लाख नेपाली विदेशमा रहेको अनुमान छ । गैर आवासिय नेपाली सम्वन्धमा नेपाली सामाजिकशास्त्री र समाजशास्त्रीहरुले यस क्षेत्रमा खासै अनुसन्धान गरेको पाइदैन । गैर आवासिय नेपालीहरुले तिनीहरुको जन्मस्थानसंग कसरी निरन्तर संम्पर्कमा रहिरहन्छन भन्ने वारेको बुझाइ ज्यादै कम पाइन्छ । हालैका दिनमा अष्ट्रेलिया जाने र उतै बसोवास गर्ने नेपालीहरुको संख्या दिनानुदिन बढीरहेको छ । गैर आवासिय नेपाली संघका वारेमा पत्रपत्रिका तथा राजनितिक भाषणमा धेरै चलन चल्तीमा आएको भएता पनि यो संघको विधानमा के के कुरा समावेस छन, नेपाल सरकारको कानुनमा गैर आवासिय नेपाली वारेमा के ब्यवस्था छ भन्ने वारे जानकारी कम रहेको छ । यहि विषय वस्तुलाई ध्यानमा राखि प्रस्तुत लेखले अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरु कसरी एक आपसमा आबध्द भई अष्ट्रेलियन नेपालीको पहिचान बनाएका छन् भन्ने वारे प्रकाश पार्नु यस लेखको उद्येश्य रहेको छ । यस अध्ययनको लागि प्राथमिक तथा द्वितियक तथ्यांक संकलन गरिएको छ । लेखक स्वयं अध्ययनका क्रममा अष्ट्रेलियामा बस्दाको अनुभव, अवलोकन तथा अष्ट्रेलियामा बसोवास गर्नेहरुसंगको अन्र्तवार्तामा आधारित छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
15

Author Biography

ध्रुब प्रसाद Dhruba Prasad बस्याल Basyal

उपप्राध्यापक, समाजशास्त्र

Downloads

Published

2021-01-30

How to Cite

बस्याल Basyal ध. प. D. P. (2021). अष्ट्रेलियामा बसोवास गर्ने गैर आवासीय नेपाली संघको भूमिका {The role of non-resident Nepalese associations in Australia}. PRAGYAN A Peer Reviewed Multidisciplinary Journal, 3(1), 19–33. https://doi.org/10.3126/pprmj.v3i1.61655

Issue

Section

Articles