थारू जातिका लोकनृत्य र त्यसमा गाइने गीतहरू {Tharu folk dances and songs sung in them}

Authors

  • ध्रुबप्रसाद Dhruba Prasad भट्टराई

DOI:

https://doi.org/10.3126/pprmj.v3i1.61656

Keywords:

जँत्सारी, जोगेडा, झम्टा, झुमरा, मेणरी, रासधारी, लोकनृत्य

Abstract

थारू जाति नेपालको तराई क्षेत्रमा परम्परादेखि बस्दै आएका छन् । यिनीहरूको मुख्य पेसा कृषि हो । खेतीपातीका समयमा पुरै मिहिनेतका साथ खेती गर्नु, अन्य समयमा माछा मार्नु र गीतसङ्गीतमा रमाउनु यिनीहरूको मुख्य दिनचर्या हो तथापि आजकल विभिन्न पेसा, व्यवसाय र वैदेशिक रोजगारी आदिमा पनि संलग्न हुन थालेका छन् । यिनीहरू कसैसँग छलकपट नगर्ने, विनोदप्रिय र सिधासाधा जातिका रूपमा पनि चिनिन्छन् । यिनीहरू कुनै पर्व मनाउँदा होस् वा संस्कार सम्पन्न गर्दा होस् तथा खेतीपाती लगाउँन थाल्दा होस् वा लगाईसकेपछि फुर्सदको समयमा विभिन्न नाचहरू देखाउने र ती नाचमा विभिन्न गीतहरू गाउँर रमाइलो गर्ने गर्दछन् । यी गीत वा नाचहरू पनि ठाउँअनुसार फरक फरक छन् । यस अध्ययनमा नेपालको गण्डकी प्रदेशको नवलपुर क्षेत्रमा बसोवास गर्ने थारू जातिले प्रदर्शन गर्ने नाचमा केकस्ता गीतहरू गाइन्छन् भन्ने सन्दर्भबाट अध्ययन गरिएको छ । यस सन्दर्भबाट अध्ययन गर्दा थारू नवलपुरका थारू जातिले विभिन्न समयमा मौलिक बाजाको तालमा मेणरी, झुमरा, रासधारी, जोगेडा, जँत्सारी आदि लोकनाच नाच्ने गरेको र यी नाचमा आआÇनै शैलीका गीत गाउँने गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
17

Downloads

Published

2021-12-31

How to Cite

भट्टराई ध. D. P. (2021). थारू जातिका लोकनृत्य र त्यसमा गाइने गीतहरू {Tharu folk dances and songs sung in them}. PRAGYAN A Peer Reviewed Multidisciplinary Journal, 3(1), 34–41. https://doi.org/10.3126/pprmj.v3i1.61656

Issue

Section

Articles