एउटा सल्लाह कवितामा पौरस्त्य दर्शन {Paurastya philosophy in an advice poem}

Authors

  • ज्ञाननिष्ठ Gyannistha ज्ञवाली Gyawali त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली विभाग

DOI:

https://doi.org/10.3126/pprmj.v3i1.61666

Keywords:

सांसारिक, पौरस्त्य दर्शन, वितृष्णा, मोक्ष, वासना, दार्शनिक

Abstract

प्रस्तुत लेखमा शिवगोपाल रिसालद्वारा रचिएको एउटा सल्लाह कवितालाई पौरस्त्य दर्शनका कोणबाट विश्लेषण गरिएको छ । आध्यात्मिक विषयलाई सांसरिक जीवनसँग तादात्म्य गराएर यसलाई अपरिहार्य ठानी अगाडि बढाउने कवि रिसालको उक्त कवितामा पौरस्त्य दर्शनको प्रस्तुति भएको छ । यस कवितामा मूलतः मनलाई अध्यात्ममा वा ईश्वरमा लगाउँर मोक्ष प्राप्त गर्नुपर्ने चिन्तनलाई प्रस्तुत गरिएको छ । ईश्वरको अस्तित्वलाई स्वीकार्ने आस्तिक वेदान्त दर्शनको मूल मर्म यस कवितामा आएको छ । मनको शुद्धता, ईश्वरको चिन्तन, जीवनको क्षणिकता, भौतिक वस्तुप्रति वितृष्णा, मनको चिन्तनजस्ता विषयमा केन्द्रित रहे पनि कवितामा मूलतः आत्मज्ञानको अर्थात् मोक्ष प्राप्तिको ध्येय राखिएको छ । हरेक मानिसलाई सांसरिक विषय वासनाले मोक्ष प्राप्तिमा वाधा गरिरहेको हुन्छ । त्यो वासनालाई हटाएर आÇनो स्वरूप आत्मा प्राप्ति गर्नु नै प्रस्तुत कविताको दार्शनिक चिन्तन रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
14

Author Biography

ज्ञाननिष्ठ Gyannistha ज्ञवाली Gyawali, त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली विभाग

उपप्राध्यापक

Downloads

Published

2021-01-30

How to Cite

ज्ञवाली Gyawali ज. G. (2021). एउटा सल्लाह कवितामा पौरस्त्य दर्शन {Paurastya philosophy in an advice poem}. PRAGYAN A Peer Reviewed Multidisciplinary Journal, 3(1), 64–72. https://doi.org/10.3126/pprmj.v3i1.61666

Issue

Section

Articles