पर्यटन प्रवद्र्धनमा पथ प्रदर्शकको भूमिका एक अध्ययन {A Study of the Role of Guides in Tourism Promotion}

Authors

  • सुरेश Suresh आचार्य Acharya त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/pprmj.v3i1.61668

Keywords:

कुञ्जिकास्, पर्यटन, प्रवद्र्धन, पथ प्रदर्शक

Abstract

पर्यटन वर्तमान समयमा आय आर्जन गर्ने महत्वपूर्ण एवम् बलियो स्रोत भएको छ । संसारका जुनसुकै मुलुकमा पनि आर्थिक उन्नति र प्रगकिो भरपर्दाे आधार पर्यटन बन्दै आएको छ । पर्यटन विकासका लागि रमणीय गन्तव्य भएर मात्र पुग्दैन । पर्यटकलाई यात्रामा सहयोगीको भूमिका निर्वाह गर्ने पथ प्रदर्शकको महत्व पनि उत्तिकै उल्लेखनीय हुने गर्दछ । पर्यटनका लागि पथ प्रदर्शक एउटा अनिवार्य जनशक्ति हो । सामान्यतः व्यक्ति आफूले जानेको, चिनेको, पुगेको स्थानमा भनदा पनि नजानेको नचिनेको र नपुगेको बिरामी गन्तव्यमा यात्रा गर्न मन पराउँदछ । यो मानवीय स्वभाव एवम् मनोविज्ञान नै हो । त्यसैले पर्यटनलाई एउटा अपरिचित ठाउँमा गरिने यात्रा भएकाले सम्बन्धित यात्रुलाई आवश्यक पर्ने अनेकन सुख सुविधाहरूमध्ये पथ प्रदर्शक पनि एउटा महत्वपूर्ण सुविधा भित्र पर्दछ । पथ प्रदर्शकको सहयोग एवम् सहायताले मात्र यात्रुले सही अर्थमा सम्बन्धित गन्तव्यका विषयमा जानकारी लिन सक्दछन् । सकेसम्मको फाइदा उठाउन सक्ने सम्भावना रहन्छ । फलस्वरूप पथ प्रदर्शक पर्यटनका लागि अनिवार्य आवश्यकता मानिएको हो । समग्रमा खास लेखमा पृष्ठभूमि, पथ प्रदर्शकको अर्थ, पथ प्रदर्शकका निम्ति चाहिने आधारभूत मापदण्ड, पथ प्रदर्शकको पालना गर्नुपर्ने आचार संहिता, पर्यटन प्रवद्र्धनमा पथ प्रदशकको भूमिका र उपशीर्षक भित्र पथ प्रदर्शकसँग सम्बन्धित विविध पक्षको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
15

Author Biography

सुरेश Suresh आचार्य Acharya, त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस

ग्रामिण विकास विभाग

Downloads

Published

2021-01-30

How to Cite

आचार्य Acharya स. S. (2021). पर्यटन प्रवद्र्धनमा पथ प्रदर्शकको भूमिका एक अध्ययन {A Study of the Role of Guides in Tourism Promotion}. PRAGYAN A Peer Reviewed Multidisciplinary Journal, 3(1), 73–80. https://doi.org/10.3126/pprmj.v3i1.61668

Issue

Section

Articles