ढुंगाको टुसाउने भानुभक्त पोखरेल {Dhungako Tusaune Bhanubhakta Pokharel}

Authors

  • तिलकप्रसाद Tilakprasad लम्साल Lamsal Nepal Open University, Manbhawan, Lalitpur नेपाल खुला विश्वविद्यालय, मानभवन, ललितपुर

Keywords:

उध्र्वगामिता, चैतन्य, जडता, परिष्कारवादी, सृजनसाधनाको टुसाउने भानुभक्त पोखरेल

Abstract

प्रस्तुत आलेख भानुभक्त पोखरेलको काव्यकारितासँग सम्बन्धित छ । यसमा कवि पोखरेलको सङ्क्षिप्त परिचय, उनका प्रकाशित कृति तथा सम्पादनको चर्चा गर्नुका साथै उनका कवितामा व्यक्त विषयवस्तुगत, भावगत र शैलीगत ढाँचामा देखिने विविध प्रवृत्तिहरू, बिम्बप्रतीक योजना, छन्द एवम् लयविधान तथा उनको भाषाशैलीका सम्बन्धमा समीक्षा गरिएको छ । त्यसै गरी उनको ‘ढुङ्काको टुसो’ कविता सङ्ग्रहअन्तर्गत समाविष्ट पचास वटा कविताहरूलाई रचनाकाल क्रमगत ६ समूहमा राखेर विभिन्न कोणहरूबाट सङ्क्षिप्त विवेचना गरिएको छ । यस क्रममा पोखरेलका प्रारम्भिक कविताहरूमा रोमान्टिक भावधारा सल्बलाएको र त्यसपछिका कविताहरूमा उनले आफ्ना जीवनवादी तथा कर्मवादी चिन्तन, साहित्यकला सम्बन्धी आफ्ना सिर्जन मान्यता, प्रकृतिप्रेम, देशप्रेम, राजनीतिक बेथिति, सामाजिक विकृति, विसङ्गति, अन्याय, अत्याचार, भ्रष्टाचार, पश्चिमी संस्कृतिको छाडा प्रवृत्ति तथा मानवीय मूल्यमान्यताको ह्रासप्रति कठोर व्यङ्ग्य गरेका अनि उत्तरवर्ती कविताहरूमा नेपालीहरूको वीरताको गुणगान, शान्तिको कामना, काव्यकवितासम्बन्धी आफ्ना मान्यताहरूमा प्रौढता र स्पष्ट चिन्तन तथा कविताहरूमा परिष्कार, परिमार्जनतर्फ संशोधन परिमार्जनतर्फ पोखरेल आकर्षित देखिएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
282
PDF
26

Author Biography

तिलकप्रसाद Tilakprasad लम्साल Lamsal, Nepal Open University, Manbhawan, Lalitpur नेपाल खुला विश्वविद्यालय, मानभवन, ललितपुर

उपप्राध्यापक, नेपाली शिक्षा विभाग

Downloads

Published

2021-01-30

Issue

Section

Articles

How to Cite

लम्साल Lamsal त. T. (2021). ढुंगाको टुसाउने भानुभक्त पोखरेल {Dhungako Tusaune Bhanubhakta Pokharel}. PRAGYAN A Peer Reviewed Multidisciplinary Journal, 3(1), 81-94. https://doi.org/10.3126/pprmj.v3i1.61672