गुरुप्रसाद मैनालीको ‘छिमेकी कथाको आख्यानसंरचना Guru Prasad Mainaliko .... 'Chhimeki' Kathako Aakhyansamrachanai

Authors

  • चन्द्रप्रसाद Chandraprasad ढकाल Dhakal

DOI:

https://doi.org/10.3126/pragya.v6i1.34434

Keywords:

सारकथन sarkathan, अभिमुखीकरण Abhimukhikaran, जटिल कार्य jatil Karya, परिणाम parinam, मूल्याङ्कन Muluankan, समापन samapan, द्वन्द्व dwanda

Abstract

‘छिमेकी’ कथाका लेखक गुरुप्रसाद मैनाली (१९५७ – २०२८) हुन् । उनले यस कथामा नेपाली समाजमा रहेको छिमेकी छिमेकी बिचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाएका छन् । यस विषयवस्तुलाई पूर्णता दिनका लागि उनी गुमाने र धनजीते मुख्य पात्र भएको घटनालाई लिएर कथानकको निर्माण गर्छन् । आख्यानसंरचनाका विविध पद्धतिहरूमध्ये यस अध्ययनमा विलियम ल्याबोभद्वारा प्रस्तुत आख्यानसंरचनाका घटकहरू सारकथन, अभिमुखीकरण,
जटिल कार्य, परिणाम र निष्कर्ष, मूल्याङ्कन र समापनकका आधारमा निगमनात्मक विधिद्वारा ‘छिमेकी कथाको विश्लेषण गरिएको छ । यस विश्लेषणबाट गुरुप्रसाद मैनालीको ‘छिमेकी’ कथामा आख्यानसंरचनाका घटकहरूको अन्वितिपूर्ण प्रयोग भएकै कारण यो कथा उत्कृष्ट भएको हो भन्ने निष्कर्ष निकालिएको छ । ‘छिमेकी’ कथालाई आख्यानसंरचनाको सिद्धान्तका आधारमा विश्लेषण गरिएको प्रस्तुत अध्ययन आख्यानसंरचनाका आधारमा कथाहरूलाई बुझ्न चाहने पाठक तथा आख्यानसंरचनाका आधारमा विश्लेषण गर्न चाहने समालोचकहरूका लागि उपयोगी सामग्री
रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
1098
pdf
460

Downloads

Published

2020-12-31

How to Cite

ढकाल Dhakal च. C. (2020). गुरुप्रसाद मैनालीको ‘छिमेकी कथाको आख्यानसंरचना Guru Prasad Mainaliko . ’Chhimeki’ Kathako Aakhyansamrachanai. Patan Pragya, 6(1), 199–208. https://doi.org/10.3126/pragya.v6i1.34434

Issue

Section

Articles