‘नवपल्लव’ मा सङ्गृहीत गीतिरचनामा देशप्रेम {Patriotism in the lyric collection collected in 'Navapallava'}

Authors

  • ढुण्डिराज Dhundiraj पहाडी Pahadi Patan Multiple Campus, TU

Keywords:

National anthem, self-consciousness, word picture, content, unpublished constitution, अप्रस्तुतविधान, राष्ट्रराग, स्वानुभूति, अन्तर्वस्तु,, शब्दचित्र

Abstract

‘नवपल्लव’ वासुदेव त्रिपाठीद्वारा रचित लघु आयामको गीतिसङ्ग्रह हो । साझा प्रकाशनले २०४६
सालमा प्रकाशन गरेको विवेच्य गीतसङ्ग्रहमा ९ ओटा गीतहरू मात्र समेटिएका छन् । उच्च कवित्व र सघन
गेयताको समागम भएका विश्लेष्य गीतिरचनाहरूको अन्तर्वस्तु देशप्रेम हो । गीतमा अभिव्यञ्जित देशप्रेमको
कथ्यलाई आस्वाद्य बनाउन के कस्तो गीतिकौशलको प्रयोग गरिएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासा र विमर्शमा
प्रस्तुत आलेख केन्द्रित छ । रचनाकारको स्वानुभूतिमा प्रतिबिम्बित राष्ट्ररागको संवेग, भाषिक लालित्य र
गीतिसौन्दर्यको वस्तुनिष्ठ मूल्याङ्कनका निम्ति विश्लेष्य गीतिरचनाबाटै साक्ष्य र तथ्य सङ्कलन गरिएको छ ।
देशभक्तिका गीतको सैद्धान्तिक अवधारणालाई अवलम्बन गरी गीतको वस्तुविधान र गीतिशिल्पको कलात्मक
संयोजन कसरी भएको छ भन्ने समस्याको समाधान खोज्न विवेच्य रचनाहरूको विश्लेषणका निम्ति गीति
तत्वलाई आधार बनाइएको छ । हाम्रा वीर पूर्वजको त्याग, हिमाली राष्ट्र नेपालको अनुपम प्राकृतिक सौन्दर्य,
नेपाली जातिको स्वाभिमान र स्वतन्त्रता तथा मातृभूमि नेपालप्रतिको उच्च समर्पणमा ‘नवपल्लव’ का
गीतिरचनाको राष्ट्रराग अभिव्यञ्जित भएको छ भन्ने प्रस्तुत अध्ययनको निष्कर्ष रहेको छ ।

{The lyrical element has been made the basis for the analysis of the compositions to find a solution to the problem of how the material of the song and the artistic combination of the lyric art has been found by adopting the theoretical concept of the patriotic song. The study concludes that the national anthem of 'Navapallava' has been expressed in the sacrifice of our heroic ancestors, the unique natural beauty of the Himalayan nation Nepal, the self-respect and independence of the Nepali people and the high devotion to the motherland Nepal.  The lyrical element has been made the basis for the analysis of the compositions to find a solution to the problem of how the material of the song and the artistic combination of the lyric art has been found by adopting the theoretical concept of the patriotic song. The study concludes that the national anthem of 'Navapallava' has been expressed in the sacrifice of our heroic ancestors, the unique natural beauty of the Himalayan nation Nepal, the self-respect and independence of the Nepali people}

Abstract
164
PDF
0

Author Biography

ढुण्डिराज Dhundiraj पहाडी Pahadi, Patan Multiple Campus, TU

Assistant Professor

Downloads

Published

2021-12-31

How to Cite

‘नवपल्लव’ मा सङ्गृहीत गीतिरचनामा देशप्रेम {Patriotism in the lyric collection collected in ’Navapallava’}. (2021). Patan Pragya, 8(01), 223-236. https://doi.org/10.3126/pragya.v8i01.42449

Issue

Section

Articles

How to Cite

‘नवपल्लव’ मा सङ्गृहीत गीतिरचनामा देशप्रेम {Patriotism in the lyric collection collected in ’Navapallava’}. (2021). Patan Pragya, 8(01), 223-236. https://doi.org/10.3126/pragya.v8i01.42449