स्नातक तहको अनिवार्य नेपालीमा नाटक शिक्षण

Authors

  • शोभाकुमारी Shovakumari ढुङगाना Dhungana नेपाली विभाग, पाटन संयुक्त क्याम्पस, त्रि.वि.वि.

Keywords:

,पाठयक्रम, अभिनय सीप, पाठक प्रतिक्रिया, सहभागितामूलक, अन्र्तक्रियात्मक

Abstract

प्रस्तुत अध्ययन त्रिभुवन विश्वविद्यालयअन्र्तगत अनिवार्य नेपाली विषयको स्नातक तह (कोड नं  ४०२) को निर्धारित पाठ्यक्रमअनुसार ‘स्नातक तहको अनिवार्य नेपालीमा नाटक शिक्षण’ शीर्षकमा केन्द्रित छ । त्रिभुवन विश्वविद्यालयअन्र्तगत चार वर्षे स्नातक तह अनिवार्य नेपालीको दोस्रो वर्षको निर्धारित पाठ्यक्रममा विजय मल्लको ‘सत्ताको खोजमा’ र कृष्ण शाह यात्रीको ‘पीडा आरोहण’ गरी दुई एकाङ्की नाटक समावेश गरिएको छ । नाटक शिक्षणको प्रभावकारिता र औचित्यको जिज्ञासामा केन्द्रित प्रस्तुत अध्ययनमा वर्णनात्मक र विश्लेषणात्मक विधि अपनाइएको छ । स्नातक तहको अनिवार्य नेपाली विषय ऐच्छिक विषय नभएर विभिन्न विषय लिएर पढ्ने सबै विद्यार्थीहरूका लागि राखिएको विषय भएको हुनाले उनीहरूलाई नेपाली व्याकरण, बोध पठन तथा भाषा साहित्यको गहन र विस्तृत रूपमा विश्लेषण, मूल्याङ्कन गर्ने पाठ्यक्रमको उद्देश्य होइन । नाट्यकृतिको भाव तथा विचारको आस्वादन गरी सामान्य समीक्षा तथा पाठक प्रतिक्रिया लेख्ने क्षमतासमेत बढाउन सकून् भन्ने उद्देश्य अनुरूप नाट्य विधा पाठ्यक्रममा समावेश गरिएको हो । पाठ्यांशमा निर्धारित दुई नाटकको अध्ययनबाट नाट्यकृतिको अध्ययनसँग सम्बन्धित भई पाठक प्रतिक्रिया तथा समालोचना गर्न सक्ने, विचार तथा भावको समीक्षा गर्न सक्र्ने गरी तयार गरिएको चार वर्षे अनिवार्य नेपाली दोस्रो वर्षको पाठ्यक्रमअनुसार नाटक शिक्षण निकै औचित्यपूर्ण र उपयोगी  भएको  निष्कर्ष रहेको छ ।

Abstract
146
PDF
0

Downloads

Published

2024-11-12

How to Cite

स्नातक तहको अनिवार्य नेपालीमा नाटक शिक्षण. (2024). Patan Pragya, 13(1), 145-156. https://doi.org/10.3126/pragya.v13i1.71192

Issue

Section

Articles

How to Cite

स्नातक तहको अनिवार्य नेपालीमा नाटक शिक्षण. (2024). Patan Pragya, 13(1), 145-156. https://doi.org/10.3126/pragya.v13i1.71192