‘मसान’ नाटकमा आङ्गिक अभिनय

Authors

  • Shova Kumari Dhungana पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर

Keywords:

आकम्पित, उपाङ्ग, शरीर, रङ्गमञ्च, अभिनेता

Abstract

प्रस्तुत अध्ययन गोपालप्रसाद रिमालको ‘मसान नाटकमा आङ्गिक अभिनय’ शीर्षकमा केन्द्रित छ । पूर्वीय आचार्य भरतमुनिको नाट्यशास्त्रमा उल्लेख गरिएको आङ्गिक अभिनय सम्बन्धी सिद्धान्तलाई प्रमुख आधार बनाएर अध्ययन गरिएको छ । यस अनुसन्धानमूलक लेखमा निगमनात्मक विधिद्वारा सैद्धान्तिक आधार तयार गरी कृतिको अध्ययन गर्दा विश्लेषणात्मक विधि अपनाइएको छ । पाश्चात्य नाटककार हेनरिक इब्सेनबाट प्रभावित गापोलप्रसाद रिमाल सामाजिक समस्यामूलक नाटककार हुन् । अत्यन्त माया र विश्वास गरेको आफ्नै पतिले सधँ सुन्दरी बनाएर पत्नीको कसिलो शरीरमाथि भोग गर्ने उद्देश्यअनुरूप आफूलाई थाहै नदिई गर्भनिरोधक औषधी खुवाएर बाँझी बनाएको कुरा थाहा पाएपछि यो मसानजस्तो घरमा एकछिन पनि बस्दिन भनी बिद्रोह गरेर निस्किएको घटना नै ‘मसान’ नाटकको कथावस्तु हो । यस नाटकमा वाचिक आङ्गिक, सात्विक र आहार्य अभिनयको प्रयोग भएको छ । ‘मसान नाटकमा आङ्गिक अभिनय’ को प्रभावकारिता र योगदान कस्तो छ ? भन्ने प्राज्ञिक जिज्ञासामा केन्द्रित प्रस्तुत अध्ययनबाट यस नाटकमा शरीर तथा शाखा अङ्ग र उपाङ्गहरूको सशक्त रूपमा प्रयोग भएको छ । शरीर अभिनयका शिर, हस्त, नेत्र वक्षस्थल, पाश्र्व, कटी र मुखज तथा उपाङ्ग अभिनय अन्तर्गतका आँखा, आँखिभौँ, नाक, गाला, ओठ अभिनयको पटक, पटक प्रयोग भएको छ । यी विभिन्नअङ्ग, उपाङ्ग अभिनयले ‘मसान’ नाटक प्रभावकारी र आस्वाद्य बनेको हुँदा अभिनयका दृष्टिले नाटक सफल भएको निष्कर्ष रहेको छ ।

Abstract
146
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

‘मसान’ नाटकमा आङ्गिक अभिनय. (2024). Patan Pragya, 13(2), 165-181. https://doi.org/10.3126/pragya.v13i2.78803

Issue

Section

Articles

How to Cite

‘मसान’ नाटकमा आङ्गिक अभिनय. (2024). Patan Pragya, 13(2), 165-181. https://doi.org/10.3126/pragya.v13i2.78803