टिमुरको झोल कथासङ्ग्रहमा परिवेश चित्रण {Environmental Illustration in the Collection of Stories, Timurko Jhol}

Authors

  • शंकरप्रसाद Shankarprasad गैरे Gairhe Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

DOI:

https://doi.org/10.3126/pragyan.v6i1.54692

Keywords:

वातावरण, पर्यावरण, परिवेश, काल, देश

Abstract

प्रस्तुत लेख विश्वप्रेम अधिकारीको ‘टिमुरको झोल’ कथासङ्ग्रहमा समाविष्ट कथाहरूमा प्रयुक्त परिवेशको अध्ययनमा केन्द्रित छ । परिवेश चित्रण सम्बन्धी अवस्थाको अध्ययन यस अध्ययनको प्रमुख शोध्य समस्या हो । कथा सिर्जनामा परिवेशको विशेष महत्त्व रहन्छ । कथानकको विकास र पात्रहरूको गतिशीलताका साथै कथामा जीवन्तता, विश्वसनीयता, युगजनीनता जस्ता वैशिष्ट्य कायम गर्न परिवेशको अहम् भूमिका रहन्छ । तसर्थ यस शोधलेखमा परिवेश चित्रण र विश्लेषण सम्बन्धी नवीनतम सैद्धान्तिक धारणाका पक्षहरू काल, समय, अवस्थाहरूको अध्ययन सैद्धान्तिक रूपमा गर्नुका साथै ’टिमुरको झोल’ कथासङ्ग्रहमा केकस्तो परिवेश चित्रण पाइन्छ भन्ने समस्यामूलक प्रश्नमा केन्द्रित रहेर ‘टिमुरको झोल’ कथासङ्ग्रहमा समाविष्ट कथाहरूमा प्रयुक्त परिवेशलाई केन्द्रीयतामा राखी विश्लेषण कार्यलाई सम्पन्न गरी निष्कर्षमा पुर्याउने उद्देश्यमा यो शोध्यलेख केन्द्रित रहेको छ । ‘टिमुरको झोल’ सङ्ग्रहभित्रका कथाहरू प्रस्तुत लेखको मुख्य स्रोत सामग्री हो । पुस्तकालको प्रयोग गरी सङ्कलन गरिएका द्वितीय स्रोतका सैद्धान्तिक सामग्रीहरूलाई आधार बनाएर पहिचानात्मक तथा विश्लेषणात्मक विधिमा आधारित रहेर सम्पन्न गरिएको यो लेख परिवेश सम्बन्धी सैद्धान्तिक अवधारणाका साथै विश्वप्रेम अधिकारीका कथाहरूमा प्रयुक्त परिवेशको अध्ययनका दृष्टिले विशेष महत्त्वको रहेको छ ।

{The present article focuses on the study of the environment used in the stories included in Vishwaprem Adhikari's 'Timurko Jhol' collection. The study of the situation related to the depiction of the environment is the major research problem of this study. Circumstances are of special importance in storytelling. The environment plays an important role in the development of the story and the dynamics of the characters as well as in maintaining the vitality, reliability and epoch-making features in the story. Therefore, this study focuses on the theoretical aspects of the latest theoretical concepts related to environment depiction and analysis, focusing on the problematic question of what kind of environment depiction is found in the collection of stories 'Timurko Jhol'. The stories in the 'Timurko Jhol' collection are the main source material of the present article. Based on the theoretical material of the second source compiled using the library and based on the identification and analytical method, this article is of special importance from the point of view of the theoretical concept of environment as well as the study of the environment used in the stories of cosmopolitan officials.}

Downloads

Download data is not yet available.
Abstract
13
PDF
13

Author Biography

शंकरप्रसाद Shankarprasad गैरे Gairhe, Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

उपप्राध्यापक 

Downloads

Published

2023-05-10

How to Cite

गैरे Gairhe श. S. (2023). टिमुरको झोल कथासङ्ग्रहमा परिवेश चित्रण {Environmental Illustration in the Collection of Stories, Timurko Jhol}. Pragyan, 6(1), 21–30. https://doi.org/10.3126/pragyan.v6i1.54692

Issue

Section

Articles