'मधेसतिर' कथाको चरित्र विश्लेषण {Character analysis of 'Madhestira' story}

Authors

  • शारदा Sharada खनाल Khanal Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

DOI:

https://doi.org/10.3126/pragyan.v6i1.54709

Keywords:

सङ्केतित्, लिङ्गगत, मानसिक, चरित्राङ्कन, अवस्थिति, characterization, mental, gender

Abstract

प्रस्तुत लेखमा मनोवैज्ञानिक यथार्थवादी कथाकार विश्वेश्वरप्रसाद कोइरालाको मधेसतिर कथाको चरित्रविश्लेषणका आधारमा अध्ययन गरिएको छ । प्रस्तुत कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिनेभए पनि चरित्र विश्लेषणका कोणबाट अध्ययन नभएको अवस्थामा प्राज्ञिक रिक्तता देखिन्छ । यही रिक्ततालाई परिपूर्ति गर्ने उद्देश्यले प्रस्तुत अध्ययन चरित्रविश्लेषणमा केन्द्रित भएर गरिएको छ । चरित्रविश्लेषण गर्ने क्रममा कथामा प्रयोग भएका पात्रहरूको संख्यागत, कार्यगत, सामाजिक, पारिवारिक, लिङ्गगत, उमेरगत, नैतिक र मानसिक अवस्थितिलाई आधार बनाइएको छ । पुस्तकालय कार्यबाट सङ्कलित प्रथम र द्वितीयक स्रोतकासामग्रीहरूको सूक्ष्म पठन गरी सघन पाठविश्लेषण विधिअनुसार चरित्र विश्लेषण सम्बन्धी सैद्धान्तिक मान्यतामाटेकेर सन्दर्भपरक अध्ययन गरिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । संख्यागत अवस्थितिका आधारमा हेर्दा कथामा प्रत्यक्ष रूपले संलग्न भएर कार्यव्यापार सम्पन्न गर्ने पात्र पाँच र सङ्केतित् पात्र चारगरी जम्मा नौ जना पात्र भएकाले यस कथामा पात्रको उपस्थिति मध्यम खालको रहेको छ । यसै गरी कार्यगत भूमिकाका आधारमा प्रमुख, सहायक, गौण र सङ्केतित् गरी चार किसिमका पात्र रहेका छन् । प्रत्यक्ष पात्रका सामाजिक, पारिवारिक, लिङ्गगत, उमेरगत अवस्थितिका आधारमा क्रमशः निम्नवर्गीय, आपसमा कुनै पनिपारिवारिक सम्बन्ध नभएका, पुरुष र महिला, वृद्ध र युवा दुवै किसिमका पात्र र नैतिक अवस्थिति हेर्दासत्÷अनुकूल र असत्÷प्रतिकूल दुवै किसिमका पात्र रहेका छन् । मानसिक अवस्थितिका आधारमा हेर्दा प्रस्तुत कथाका गोरे, बुढो, धने, भोटे पात्रले गास, बास, कपास जस्ता भौतिक आवश्यकतालाई मात्र सर्वोपरि ठानेका छन् भने प्रमुख पात्र विधवाले जैविक आवश्यकतालाई पनि महत्त्वपूर्ण ठानेको निष्कर्ष प्राप्त भएको छ । {

In this article, psychological realist storyteller Bishweshwar Prasad Koirala's Madhestira has been studied on the basis of character analysis. Although the present story has been studied from different angles and can be done, academic emptiness is seen in the absence of study from the angle of character analysis. In order to fill this gap, the present study has been done focusing on character analysis. Character analysis is based on the numerical, functional, social, familial, gender, age, moral and mental status of the characters used in the story. This study is of qualitative nature as it is a contextual study based on the theoretical beliefs of character analysis according to the method of intensive text analysis by meticulous reading of the materials of the first and second sources collected from the library work. In terms of numerical presence, there are only nine characters in the story, including five characters who are directly involved in the story and four who are symbolic characters, so the presence of characters in this story is moderate. Similarly, based on the functional role, there are four types of characters, namely, major, auxiliary, secondary and indicative. Based on the social, familial, gender, and age status of the direct characters, respectively, lower class, no family relationship with each other, both male and female, old and young characters and moral status are both favorable and unfavorable.Judging from the mental condition, the characters in the story, white, old, rich, and poor, have considered only material needs such as grass, shelter, and cotton, while the main character, the widow, has also considered biological needs as important.}

Downloads

Download data is not yet available.
Abstract
10
PDF
16

Author Biography

शारदा Sharada खनाल Khanal, Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

उपप्राध्यापक

Downloads

Published

2023-05-10

How to Cite

खनाल Khanal श. S. (2023). ’मधेसतिर’ कथाको चरित्र विश्लेषण {Character analysis of ’Madhestira’ story}. Pragyan, 6(1), 74–84. https://doi.org/10.3126/pragyan.v6i1.54709

Issue

Section

Articles