भोलि के हुन्छ ? नाट्यकृतिमा नाटकीयता {Dramaturgy in the Play What Happens Tomorrow?}

Authors

  • गोपालप्रसाद Gopalprasad गैरे Gaire

DOI:

https://doi.org/10.3126/pragyan.v7i1.55152

Keywords:

अभिज्ञान Recognition, आकस्मिकता Contingency, द्वन्द्वविधान The problem, नाटकीयता Dramaturgy, स्थितिविपर्यय A reversal of opposition, रागात्मक जीवन Angry life.

Abstract

भोलि के हुन्छ ? नाट्यकृतिको नाटकीयता शीर्षकको प्रस्तुत लेखमा विजय मल्लको भोलि के हुन्छ ? नाट्यकृतिमा नाटकीय स्थितिको खोजअन्वेषण गरिएको छ । नाटककारले शब्दमा अभिव्यक्त भावसंवेदनाहरू नटनटीका अभिनय कलामा रूपायित भई नाट्यकृतिगत श्रव्यदृश्य परिणति प्राप्त गर्न सक्ने गुणवैभवको उपलब्धता नाटक हुनुको आधारभूत शर्त हुँदै हो; भित्रभित्र रुचि, प्रवृत्ति, स्वभाव, संस्कार, उमेर, अवस्था तथा मनस्थिति भएका बहुविध प्रधारका दर्शकको चपल मनलाई एउटै भावधारामा बाँधेर राख्न सक्ने, दर्शकको संवेगात्मक जीवनलाई उद्वेलित गर्न सक्ने, नाट्यावलोकन गर्न व्यग्र बनाइराख्ने र दर्शकको भावचेतनालाई परितोष प्रदान गर्न सक्ने गुणसम्पदाको उद्भावना नाटककारको रचनाकर्मले नाटकको महिमा सिद्ध गर्ने सर्वाधिक महत्त्वपूर्ण शर्त हो भत्रे मान्यताका आधारमा विजय मल्लको भोलि के हुन्छ ? नाट्यकृतिको विश्लेषण गरिएको छ । प्रस्तुत नाट्यकृतिमा आफैँ पनि अभिनय कला, रङ्गमञ्चीय परिस्थितिको तथा नाट्यप्रभावका स्थितिहरूको ज्ञान र अनुभव सँगालेका मल्लमा आफ्नो रचना रङ्गकर्मीका कलात्मक कलाकर्ममा रूपायित भई दर्शकसमक्ष प्रस्तुत हुँदाका अवसरमा दर्शकको संवेगात्मक जीवनलाई झब्कृत तुल्याउन सकोस् र नाटकको महिमा उपार्जन गरोस् भन्ने शैल्पिक चेतना प्रचुर मात्रामा परिलक्ष्यित हुन्छ । यही त्यही ज्ञान, अनुभव र चेतना उनको प्रस्तुत नाट्यकृति रचना गर्ने शिल्पसूत्र बनेको देखिन्छ र त्यो शिल्पसूत्रको प्रतिफलन नाटकीय गुणसम्पदाहरूको उद्भावनामा भएको छ । फलतः उनको प्रस्तुत नाट्यरचनाले श्रव्यदृश्यकाव्यको महिमा सिद्ध गरेको छ भत्रे यस अध्ययनको निष्कर्ष हो ।

{This research paper entitled "Dramaturgy in the Play What Happens Tomorrow?" Critically analyses dramatic situation of the play What Happens Tomorrow? Written by Vijay Malla. This paper analyses the play What Happens Tomorrow? by Vijaya Malla based on the belief that the dramatist can transform the emotions expressed in words into dramatic acting art and achieve dramatic audio-visual results. He can bind the agile mind of the audience of multiple types having different interest, nature, customs, age, circumstances and mentality in one mood, can arouse the emotional life of the audience, keep them interested in watching the drama, believe that the emotional awareness of the audience is an important condition. In the presented play, Malla, who has gathered knowledge and experience of acting art, theater situation, and the situations of theatrical effect, has abundantly reflected the artistic consciousness of making his creations into the artistic works of the actors and presenting them to the audience. He has shaken the emotional life of the audience and achieved the glory of the play. This knowledge, experience and consciousness seems to have become the craft formula for creating his presented drama and the reflection of that craft formula has been in the creation of dramatic qualities. As a result, the conclusion of this study is that his presented drama has achieved the glory of audio-visual poetry.}

Downloads

Download data is not yet available.
Abstract
100
PDF
50

Downloads

Published

2023-06-13

How to Cite

गैरे Gaire ग. G. (2023). भोलि के हुन्छ ? नाट्यकृतिमा नाटकीयता {Dramaturgy in the Play What Happens Tomorrow?}. Pragyan, 7(1), 9–21. https://doi.org/10.3126/pragyan.v7i1.55152

Issue

Section

Articles