भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}

Authors

  • टंकप्रसाद Tankaprasad पन्थ Panth त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि. {Tribhuvan Multiple Campus, Palpa, T.U.}

DOI:

https://doi.org/10.3126/pragyan.v7i1.55153

Keywords:

बुलेटप्रुफ bulletproof, ऐलान declaration, अभिघात shock, शब्कटावस्था suspense.

Abstract

प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रासदीय अवस्थालाई सङ्ग्रहका कविताको विषय बनाइएको छ । साहित्यका क्षेत्रमा उत्तरआधुनिकताभित्र विकास भएको एउटा महत्त्वपूर्ण सिद्धान्त अभिघात चेतना हो । नेपाली कविताको समकालीन धाराको उत्तराद्र्ध चरणमा सशक्त कविता लेख्ने गोविन्दराज भट्टराईले नेपाली वाब्मयका विविध क्षेत्रमा कलम चलाएका छन् । पाश्चात्य दर्शन र चिन्तनलाई नेपाली पृष्ठभूमिमा व्याख्या गर्ने अनुकरणीय कार्य पनि भट्टराईले गरेका छन् । सिर्जना, समालोचनाका साथै दर्शन र अन्य विषयमा पनि यिनको कलम निरन्तर रूपमा चलेको छ । यिनका कवितामा मानवीय संवेदना र जीवनवादी स्वर सघन रूपमा मुखरित भएको पाइन्छ । जीवनका अभिघातजन्य पीडाहरूलाई नजिकैबाट छामेर प्रस्तुत गर्ने हुनाले पनि यिनका कविताहरू मार्मिक रहेका छन् । यस लेखमा अभिघात सिद्धान्तका सापेक्षमा भट्टराईको भूकम्प प्रार्थना (२०७७) कवितासङ्ग्रहभित्रका कविताहरूको अध्ययन र विश्लेषण गरिएको छ । यस सङ्ग्रहभित्रका कुल अठारवटा कवितामध्ये अधिकांश कवितामा भूकम्पको प्रहारबाट प्रताडित बनेको मानिसको निरीह अवस्थाको चित्रण गरिएको छ । यस अनुसन्धानमूलक लेखमा अभिघातपरक समालोचकीय मान्यताको सैद्धान्तिक स्वरूपलाई प्रस्तुत गरी त्यसैका आधारमा गोविन्दराज भट्टराईको भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघातको अवस्थाको के कस्तो रहेको छ भन्ने समस्यामा केन्द्रित रहेर यो लेख तयार पारिएको छ । विश्लेषणात्मक विधिको प्रयोग गरी कविताभित्र व्यक्त भएको अभिघातजन्य अवस्थाको खोजी र विश्लेषण गरी कुन रूपमा अभिघातको सिर्जना भएको छ भन्ने कुराको निष्कर्ष निकालिएको छ ।

{In the presented article, the work of poet Govindaraj Bhattarai has been done to shed light on the situation of trauma contained in the poems within the poetry collection 'Bhukamp Parthana'. The tragic situation created by the earthquake of 2072 has been made the subject of poems in the collection. In the field of literature, an important theory developed within postmodernism is traumatic consciousness. Govindraj Bhattarai, who wrote powerful poetry in the latter half of the contemporary stream of Nepali poetry, has penned his pen in various fields of Nepali literature. Bhattarai has also done an exemplary job of explaining Western philosophy and thought in Nepali background. Along with creation, criticism, philosophy and other subjects, his pen has been continuously written. In his poetry, human sensibility and vitalist voice are expressed intensively. His poems are poignant because they depict the traumatic pains of life from close quarters. In this article, the poems in Bhattarai's collection of poems "Earthquake Prayer" (2077) have been studied and analyzed in relation to the theory of trauma. Out of the total eighteen poems in this collection, most of the poems depict the innocent condition of the people who are tormented by the earthquake. In this research article, presenting the theoretical form of critical recognition of trauma, based on that, this article has been prepared focusing on the problem of what is the state of trauma in Govindaraj Bhattarai's earthquake prayer poetry collection. Using the analytical method, the traumatic situation expressed in the poem has been searched and analyzed, and the conclusion has been drawn as to how the trauma has been created.}

Downloads

Download data is not yet available.
Abstract
25
PDF
26

Downloads

Published

2023-06-13

How to Cite

पन्थ Panth ट. T. (2023). भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}. Pragyan, 7(1), 22–41. https://doi.org/10.3126/pragyan.v7i1.55153

Issue

Section

Articles